श्रीलंका बम विस्फोट अपडेट : १४० जनाको मृत्यु, ४००भन्दा बढी घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

श्रीलंका बम विस्फोट अपडेट : १४० जनाको मृत्यु, ४००भन्दा बढी घाइते

srilanka blast

एजेन्सी, ८ बैशाख । श्रीलंकाको राजधानी कोलम्बोस्थित ३ वटा चर्च र ३ ठूला पर्यटकीय होटलमा आइतवार बिहान र दिउँसो श्रृंखलावद्ध बम बिस्फोट हुँदा १ सय ४० जनाको मृत्यु भएको छ । बम बिष्फोटनमा परेर ४ सय जनाभन्दा बढी घाइते भएका छन ।

इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहँदा आइतबार बिहान राजधानी कोलम्बोस्थित कोचीकाडे, नेगम्बो र बाट्टीकालोवामा रहेका तीनवटा चर्च तथा सांग्रिला, सिनामोन ग्राण्ड र किंग्सबरी होटलमा बम विस्फोट भएको थियो । त्यसैगरी आइतवार दिउँसो कोलम्बोस्थित राष्ट्रिय चिडियाघर नजिक देहीवाल भन्ने स्थानमा रहेको होटलमा अर्को बिस्फोट भएको थियो ।

श्रीलंकामा १० वर्ष अघि सकिएको गृहयुद्ध पछि भएको यो सबैभन्दा ठूलो विस्फोट हो ।आक्रमणको जिम्मा कसैले नलिएको पनि श्रीलंकाका सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन ।

श्रृखलाबद्ध बिस्फोटको घटनापछि श्रीलंका सरकारले कोलंम्बोमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । साथै सरकारले प्रमुख सामाजिक सञ्जालको प्रयोगमा समेत रोक लगाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);