श्रीलंका विस्फोटः आक्रमणका मुख्य अभियुक्त मारिएको राष्ट्रपतिको भनाइ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

श्रीलंका विस्फोटः आक्रमणका मुख्य अभियुक्त मारिएको राष्ट्रपतिको भनाइ

श्रीलंकामा भएको आत्मघाती बम बिष्फोटका मुख्य अभियुक्त मारिएको राष्ट्रपति मैत्रीपाला सिरिसेनाले जनाएका छन् । श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले बिष्फोटनमा मुख्य भूमिका खेल्ने शाहिद जहरान हासिम सांग्रिला होटलको बिष्फोटनमा मारिएको शुक्रवार जानकारी दिएका हुन् ।

ज्यान गुमाउनको संख्यामा संशोधन

श्रीलंकाली सरकारले आइतबार भएको बम बिस्फोटमा ज्यान गुमाउनको संख्यामा संशोधन गरेको छ । श्रीलंकामा गएको आइतबार भएको बम विस्फोटमा मारिनेको संख्या १०० जनाभन्दा बढीले घटाएको छ ।

सरकारी अधिकारीहरुले संख्याका सम्बन्धमा त्रुटि हुन गएको जनाएको अन्तर्राष्ट्रिय संचारममध्यमहरुले जनाएका छन् । श्रीलंकाको स्वास्थ्य मन्त्रालयका अनुसार विस्फोटमा ज्यान गुमाउनेको संख्या २ सय ५३ जना रहेको छ ।

यसअघि बिहीबार बेलुकासम्ममा ३ सय ६० जनाभन्दा बढीको ज्यान गएको बताइएको थियो । राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा बिस्फोट गराइएका थिए ।

यस्तै राजधानीका पाँचतारे होटलहरु साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरीमा पनि विस्फोट भएका थिए । श्रीलंकाको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको चर्चमा समेत शक्तिशाली विस्फोट भएको थियो । विस्फोटको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);