श्रीलंकामा बम आक्रमण प्रकरण: अनुहार छोप्ने पहिरनमा प्रतिबन्ध, सम्पुर्ण सामाजिक संजालमा रोक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

श्रीलंकामा बम आक्रमण प्रकरण: अनुहार छोप्ने पहिरनमा प्रतिबन्ध, सम्पुर्ण सामाजिक संजालमा रोक

shreelanka

काठमाडौं, १६ बैशाख । गत साताको आइतवारबाट श्रीलंकामा श्रृङ्खलाबद्ध आत्मघाती हमलाहरु भैरहेका छन । श्रीलंकको राजधानी कोलम्बोसहितका क्षेत्रमा रहेका चर्च तथा सुविधा सम्पन्न होटलहरुमा शृङ्खलाबद्ध रुपमा बम आक्रमणमा भएपछि श्रीलंका सरकारले अनुहार छोप्न लगाइने पहिरनहरूमा प्रतिबन्ध लगाएको छ ।

गत आइतवार वाट श्रीलंकाको राजधानी कोलम्बोसहितका क्षेत्रमा रहेका चर्च तथा सुविधा सम्पन्न होटलहरुमा शृंखलाबद्ध रुपमा बम आक्रमण भएपछि श्रीलंका सरकारले अनुहार छोप्न लगाइने पहिरनहरुमा प्रतिबन्ध लगाएको छ । यस्तो पहिरनमाथीको प्रतिबन्ध सोमवारबाट लागू भएको श्रीलंकाली अधिकारीहरुले जनाएका छन । पहिरन सम्वन्धि यस्तो प्रतिबन्धमा कुनै विशेष पहिरनहरूको नाम उल्लेख गरिएको छैन । यद्यपी यस्तो प्रतिबन्ध मुस्लिम महिलाहरूले लगाउने वुर्काप्रति लक्षित रहेको बताइएको छ । श्रीलंकाली अधिकारीहरूको अनुसार अब कसैले पनि अनुहार नदेखिने र मानिसको पहिचानमा अवरोध हुने खालका पहिरन लगाउन पाउने छैनन ।

श्रीलङ्काका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले राष्ट्रिय सुरक्षाका लागि आकस्मिक उपयाहरू अपनाइएको तथा यस्तो उपाय अन्तरगत अनुहार छोप्ने पहिरनमा प्रतिबन्ध एक भएको बताएका छन । श्रीलंकामा रहेका मुस्लिम महिलाहरुले अनुहार छोपिने बुर्का लगाउने नगरेको भएपनि पछिल्ला वर्षहरुमा यस्तो पहिरणप्रति आकर्षण वढ्दै गएको छ । मुस्लिम महिलाहरुको वुर्काप्रति आकर्षण वढ्दै गएको समयमा सुरक्षा रणनिति अन्तरगत श्रीलंकाले लगाएको प्रतिबन्धलाई त्यहाका आम मानिसले कस्तो रुपमा लिनेछन यो भने हेर्न वाँकी रहेको छ । श्रीलंकामा भएका आत्मघाती बम हमलामा परी हालसम्म २ सय ५० जनाभन्दा वढिको मृत्यु भएको छ । उक्त घटना त्यहाँको अतिवादी इस्लामिक समूह नेशनल तौहिद जमातले गराएको श्रीलंकन सरकारले दाबी गरेको छ । घटनापछि उक्त समूहका गतिविधिमाथि समेत सरकारले प्रतिबन्ध लगाइसकेको छ । हमलाहरुपछि प्रहरीले श्रीलङ्काको पूर्वी शहर कट्टनकुडीस्थित उक्त समूहको मुख्यालयमा छापा मार्ने क्रममा मुख्य संदिग्धका सहयोगीहरु मारिएको जनाएको छ । हमलाका मुख्य योजनाकारका भाइ तथा वावु मारिएको श्रीलंकाली अधिकारीहरुले जनाएका छन । श्रीलंकामा बम विस्फोटनहरू पछि देशभर प्रत्येक आइतवार चर्चहरूमा हुने प्रार्थनाहरू बन्द गर्ने निर्णय गरिएको थियो । त्यसका वावजुद बम हमलामा पूर्णरूपमा क्षतिग्रस्त एन्टोनी चर्चको बाहिरपट्टी ठूलो संख्यामा मानिहरू भेला भएर प्रार्थना गरेका थिए ।

आक्रमणको चेतावनी पहिले नै प्राप्त हुँदा पनि सुरक्षा व्यवस्था चुस्त नपारिएका कारण ठूलो मानवीय क्षति हुने गरि आक्रमण भएको भन्दै श्रीलंकामा विवाद चुलिएको छ । आक्रमणपछि देशभरको सुरक्षा व्यवस्था कडा पारिएको छ । आक्रमणमा परी ज्यान गुमाउनेमा ३६ जना विदेशी नागरिक समेत रहेका छन् ।सरकारी अधिकारीलाई आक्रमणको आरोप लागेको समूहले पहिले नै चेतावनी दिएको भए पनि सुरक्षा व्यवस्था कडा नपारेको तथा बेवास्ता गरेका कारण गम्भीर घटना भएको भन्दै विवाद भएको हो । राष्ट्रपति मैत्रिपाला सिरिसेनाका सल्लाहकार शिराल लकथिलानकाले यो विषयमा अनुसन्धान हुने बताएका छन । श्रीलंकाका वरिष्ठ मन्त्री रजित सेनारत्नेले सोमबार कोलम्बोमा पत्रकार सम्मेलन गरेर अन्तराष्ट्रिय गुप्तर निकायले सम्भावित आक्रमणबारे चेतावनी दिएको भए पनि त्यो जानकारी प्रधानमन्त्री रनिल विक्रमसिंघेसम्म नपुगेको आरोप लगाएका छन् ।

गत आइतवार पछि दिनहु विस्फोटनका घटना हुन थालेपछि त्यहाको सरकारले अनुहार छोपिने पोसाक लगाउन प्रतिवन्ध लगाएको हो । यो प्रतिबन्धलाई पनि आकस्मिक उपायका रूपमा अर्थयाइएको छ । श्रृङ्खलाबद्ध आत्मघाती बम हमलाभन्दा अगाडि पनि श्रीलङ्कामा कतिपयले अनुहार छोप्ने खालका परिहरनमा प्रतिबन्ध लगाउने माग गर्दै आएका थिए । मुस्लिम महिलाको पहिरन लक्षित रहेको यस्तो व्यवस्थाले ९ दशमलव ७ प्रतिशत मुस्लिमहरु रहेको श्रीलंकाको सुरक्षा व्यवस्थामा कस्तो प्रभाव पार्छ त्यो भने समयले देखाउनेनै छ । सन २०१२ मा श्रीलंकामा भएको अन्तिम जनगणना अनुसार श्रीलंकामा मुस्लिमको जनसंख्या वुद्धिस्ट तथा हिन्दुहरु पछि तेस्रो स्थानमा रहेको छ । त्यसो त आक्रमणपछि सरकारले फेसबुकसहितका सामाजिक सञ्जालमा समेत प्रतिबन्ध लगाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);