अपडेट : श्रीलंकामा भएको बम बिष्फोटनमा मृत्यु हुनेको संख्या २ सय ९० पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अपडेट : श्रीलंकामा भएको बम बिष्फोटनमा मृत्यु हुनेको संख्या २ सय ९० पुग्यो

shreelanka

एजेन्सी, ९ बैशाख । आइतवार श्रीलंकाको राजधानी कोलम्बोस्थित ३ वटा चर्च र ३ ठूला पर्यटकीय होटलमा भएको श्रृंखलावद्ध बम बिस्फोटनमा परेर सोमवारसम्म मृत्यु हुनेको संख्या २ सय ९० पुगेको छ । बम बिष्फोटनमा परेर ५ सय भन्दा बढी घाइते भएका छन् ।

श्रीलंका सरकारले आइतवार भएको श्रृंखलाबद्ध बम बिष्फोटनमा अन्तर्राष्ट्रिय आतंकबादी सञ्जालको हात रहेको हुन सक्ने जनाएको छ । इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहँदा आइतवार बिहान राजधानी कोलम्बोस्थित कोचीकाडे, नेगम्बो र बाट्टीकालोवामा रहेका तीनवटा चर्च तथा सांग्रिला, सिनामोन ग्राण्ड र किंग्सबरी होटलमा बम विस्फोट भएको थियो ।

त्यसैगरी आइतवार दिउँसो नै कोलम्बोस्थित राष्ट्रिय चिडियाघर नजिक देहीवाल भन्ने स्थानमा रहेको होटलमा अर्को बिस्फोट भएको थियो । श्रीलंकामा १० वर्ष अघि सकिएको गृहयुद्ध पछि भएको यो सबैभन्दा ठूलो विस्फोट हो ।

आक्रमणको जिम्मा कसैले नलिए पनि श्रीलंका सरकारले स्थानीय जिहादी समूह नेशनल तौहिद जमातको हात रहेको र उसले विदेशबाट सहयोग पाएको हुनसक्ने बताएको छ ।

घटना पछि श्रीलंका सरकारले देशभर आपतकाल घोषण गर्ने तयारी गरेको संचारमाध्यमहरुले जनाएका छन् । यसैगरी राष्ट्रपति मैत्रीपाला सिरिसेनाले हमलावारे पत्ता लगाउन अन्तर्राष्ट्रिय समुदायसंग अपिल गर्ने तयारी गरेको पनि जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);