श्रीलंकामा संकटकालको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

श्रीलंकामा संकटकालको घोषणा

shreelanka

काठमाडौं, १० बैशाख । २ सय ९० जनाको ज्यान जानेगरी श्रीलंकामा श्रृङ्खलाबद्ध बम आक्रमण भएपछि संकटकालको घोषणा गरिएको छ ।

राष्ट्रपति मैत्रीपाला सिरिसेनाले जारी गरेको विज्ञप्ति अनुसार सोमबार मध्यरातबाट लागू हुनेगरी संकटकाल लागू गरिएको हो । आक्रमणपछि मुलुकमा शान्ति कायम हुने निश्चित गर्नका लागि संकटकाल लागू गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । त्यस्तै, राष्ट्रपति सिरिसेनाले अप्रिल २३ का दिनलाई राष्ट्रिय शोक दिवसको रुपमा समेत मनाउने घोषणा गरेका छन् ।

श्रीलंकाली सुरक्षा निकायले घटनामा संलग्नको खोजी कार्यका लागि व्यापक सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । यसैक्रममा सुरक्षाकर्मीले २४ जनालाई पक्राउ गरिएको समेत जनाइएको छ । श्रीलंका सरकारले आइतवार भएको सृंखलाबद्ध बम बिष्फोटनमा अन्तर्राष्ट्रिय आतंकबादी सञ्जालको हात रहेको हुन सक्ने जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);