टर्कीमा जारी संकटकाल दुई वर्षपछि हट्यो | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

टर्कीमा जारी संकटकाल दुई वर्षपछि हट्यो

एजेन्सी, ३ साउन । टर्कीमा दुई वर्षअघि लगाइएको संकटकाल बिहीबारबाट हटाइएको छ । सन् २०१६ मा सैन्य ’कू’ को असफल प्रयाससँगै भएको हिंसात्मक घटनापछि संकटकाल घोषणा गरिएको थियो ।

सन् २०१६ मा टर्कीस सेनाले ’कू’को असफल प्रयास गरेको थियो । त्यही कारण हिंसा भड्कीदा कम्तीमा २ सय ४९ जनाको मृत्यु भएपछि संकटकाल घोषणा गरिएको थियो । त्यसको दुईवर्षपछि बिहीबारबाट संकटकाल हटाइएको हो ।

तर सत्तापक्षद्धारा प्रस्तावित कानुन संकटकाल भन्दा पनि कडा हुने विपक्षीहरुको भनाइ छ । संकटकाल सामान्यतया तीन महिना मात्र लागु गर्न सकिने कानूनी प्रावधान भएपनि यसको समयअवधि सात पटक बढाएर संकटकाल लम्ब्याइएको थियो ।

बढाइएको संकटकालको अवधि बुधबार राति १२ बजेबाट सकिएको हो । टर्कीमा संकटकालको अवधिमा करिब ८० हजार मानिसहरु गिरफ्तार गरिएको थियो । सत्ताको विपक्षमा लागेको आरोपमा ति व्यक्तिहरु गिरफ्तार गरिएको हो ।

सरकारी जागिरमा भएका ढेड लाख भन्दा बढी व्यक्तिहरुलाई सेवाबाट बर्खास्त गरिएपछि ती व्यक्तिहरुलाई अन्यायपूर्वक सेवाबाट निकालिएको बताउँदै आएका छन् । सत्ता धारीहरुले फेतुल्ला गुलेनका कथित समर्थकहरुलाई सत्ताको विपक्षी ठराएका थिए ।

त्यति मात्र कहाँ हो र, सत्ता विरोधीको रुपमा कुर्द कार्यकर्ताहरु, टर्कीका वामपन्थीहरु र अमेरिकी धर्म प्रचारकलाई पनि समेटिएर उनीहरुप्रति बक्रदृष्टि अंगिकार गरिएको थियो । संकटकालका दौरान गिरफ्तार गरिएका अमेरिकी पादरीलाई रिहा नगरीएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोष प्रकट गरेका थिए ।

अमेरिकी पादरीको गिरफ्तारी पछि अमेरिका र टर्कीवीचको सम्बन्ध विग्रीएको छ । पछिल्लो महिना राष्ट्रपति एर्दोगानले सत्तामा पुन : फर्किएपछि संकटकाल समाप्त गर्ने घोषणा गरेका थिए ।

तर मुख्य विपक्षी पार्टी रिपब्लिकन पिपुल्स पार्टीले सरकारले नयाँ ल्याउन लागेको कानुन संकटकाल जस्तै रहेको छ भनी जनाएको छ । प्रस्तावित कानुन संसदबाट पारित भएपछि झन कडाइ गरिने आशंका व्यक्त गर्दै विपक्षीहरुले आपति जनाएका छन् ।

टर्कीमा दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि राष्ट्रपति रिसेप तैइयप एर्दोगान टर्कीको शक्तिशाली शासकको रुपमा स्थापित भएका छन् ।

टर्कीका जनता भने जनजीवन संकटकाल अघि जस्तै व्यतित गर्न पाउनु पर्ने आकांक्षा व्यक्त गरेका छन् भने सेवा बर्खास्त गरिएका कर्मचारीहरुले पुर्नबहाली हुनु पर्ने माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);