भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अविश्वास प्रस्ताव दर्ता | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अविश्वास प्रस्ताव दर्ता

एजेन्सी, ३ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ ।

भारतीय लोक सभामा तेलुगू देशम पार्टीले मोदी नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको हो । चार वर्षको अन्तरालमा मोदी सरकारविरुद्ध यो पहिलो अविश्वास प्रस्ताव हो । प्रस्तावप्रति प्रमुख विपक्षी कंग्रेस आईसहितका अन्य दलले समर्थन गरेका छन् । केही समयदेखि भारतमा भइरहेको हिंसात्मक घटनालाई लिएर लोक सभामा सरकारको चर्को विरोध भएको थियो ।

संसदमा विरोधकाबीच तेलुगू देशमले बीजेपी नेतृत्वको सरकारविरुद्ध गरेको अविश्वास प्रस्तावलाई लोक सभाकी सभामुख सुमित्रा महाजनले दर्ता गराएका हुन । सभामुख महाजनले लोक सभाको आगामी बैठकमा अविश्वास प्रस्तावमाथि छलफल हुने बताएका छन् । अविश्वासको प्रस्ताव दर्ता भएपनि मोदी सरकारलाई कुनै असर पर्ने देखिंदैन । लोक सभामा हाल कायम ५ सय ३४ मध्ये बहुमत अर्थात २ सय ७२ सांसद भारतीय जनता पार्टीका हुन् ।

यसवाहेक मोदी सरकारलाई १८ सिट भएको शिवसेना, ६ सिट भएको लोक जनशक्ति पार्टी, ४ सिट भएको अकाली पार्टी र ११ सिट भएका अन्य साना दलहरुको पनि समर्थन छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);