काठमाडौ, ११ चैत । प्रदेश सरकारको समीकरणमा पुगेर एमालेमा माधव नेपाल पक्ष एक कदम पछि हटेको छ । यसैकारण बागमती र १ नं प्रदेश सरकारविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव नेपाल पक्षले फिर्ता लिने भएको छ । उक्त समूहका शीर्ष नेताबीच भएको बैठकपछि अविश्वास प्रस्ताव लिने निर्णय भएको हो ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा माओवादी केन्द्रका नेताको हस्ताक्षर भएकाले समर्थकको हस्ताक्षर फिर्ता लिने र बागमती प्रदेशमा दर्ता भएको प्रस्ताव नै फिर्ता लिने निर्णय भएको हो । बागमती प्रदेशका सांसद कुसुम कार्कीले विधि पद्धतिलाई मान्य भएकोले प्रस्ताव फिर्ता लिने बताए ।
अब एकदुई दिनभित्रै अविश्वास प्रस्ताव फिर्ता लिने जनाइएको छ । यससँगै अब प्रदेश १ र बागमती प्रदेश सरकार तत्काल नढल्ने भएको छ ।