मुख्यमन्त्री शाही मन्त्रिपरिषद पुनर्गठन गर्न सहमत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मुख्यमन्त्री शाही मन्त्रिपरिषद पुनर्गठन गर्न सहमत

कर्णली प्रदेश, २७ असोज । कर्णाली प्रदेशका नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादु शाही विरुद्ध अविश्वासको प्रस्ताव तुहिएको छ । शाही मन्त्रिपरिषद पुनर्गठन गर्न सहमत भएसँगै उहाँविरुद्धको अविश्वास प्रस्ताव तुहिएको हो ।

शाही मन्त्रिपरिषद पुनर्गठन गर्न सहमत भएसँगै अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका वरिष्ठ नेता माधवकुमार नेपाल समुहका ७ जना प्रदेश सभा सदस्यहरुले हस्ताक्ष्र फिर्ता लिने सहमति भएको बताइएको छ ।

नेपाल पक्षले थप तीन मन्त्री र संसदीय दलको सचेतक पद पाउने गरी सहमति भएको बताइएको छ । मुख्यमन्त्री शाहीले एक दुई दिनभित्रै मन्त्रिमण्डल पुनर्गठन गर्ने भएपछि विवाद मिलेको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट माधवकुमार नेपाल समूह पछाडि हटेको छ ।

मंगलबार भएको छलफलमा मुख्यमन्त्री शाही मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भएपछि नेपाल समूहका सांसदहरु अविश्वासको प्रस्तावबाट पछि हटेका हुन् । स्रोतका अनुसार नेपाल पक्षले थप तीन मन्त्री र संसदीय दलको सचेतक पद पाउने गरी सहमति भएको हो ।यससँगै मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेपाल समूहका ७ सांसदले आफ्नो समर्थन फिर्ता लिनेछन् ।

संसदीय दलका नेता शाहीविरुद्ध आइतबार नेकपाकै १८ सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए भने प्रमुख सचेतक गुलावजंग शाहले मंगलबार विहान १ बजे संसदीय दलको बैठक बोलाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);