मनसुनका कारण बंगलादेशमा शरण लिइरहेका रोहिंग्या शरणर्थीलाई सकस | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

मनसुनका कारण बंगलादेशमा शरण लिइरहेका रोहिंग्या शरणर्थीलाई सकस

एजेन्सी, २ साउन । मनसुन सक्रिय भएपछि बंगलादेशमा शरण लिइरहेका म्यानमारका रोहिंग्या अल्पसंख्यक मुस्लिम समुदाय समस्यामा परेका छन् । वर्षाका कारण अस्थायी शिविरमा बसीरहेका करिब ९ लाख रोहिंग्या शरणर्थीको जीवन कष्टकर बनेको छ ।

म्यानमारमा गतबर्ष हिंसात्मक घटना भएपछि ज्यान जोगाउन बंगलादेश पुगेर शरण लिएका रोहिंग्या अल्पसंख्यक मुस्लिमहरु मनसुन सक्रिय भएपछि समस्यामा परेका छन् । जाडो महिनामा पहाडि भुमिमा जंगल फाँडेर अस्थायी शिविर बनाएर बसेका शरणार्थी वर्षापछि आएको बाढि र पहिरोका कारण कष्टकर जीवन विताइरहेका छन् ।

हाल करिब ९ लाख शरणार्थी बंगलादेशमा रहेका छन् । उनीहरुलाई खाद्यान्न, खानेपानी र लुगाफाटोको अभाब छ भने वर्षामा शौचालयको राम्रो प्रवन्ध नहुँदा कठिनाइ झेल्दै आएका छन् ।

खुला ठाउमा शौच गर्दा महामारी फैलने जोखिम बढेको छ । शिविरमा शरणार्थीहरु आएदेखि हालसम्म करिब २५ हजार बालबालिका जन्मिएका छन् । तिनीहरुको भरणपोषणमा पनि समस्या देखिएको छ ।

म्यानमारका सैनिकहरुबाट यौन शोषणका शिकार बनेमा महिलाहरुको मानसिक अवस्था पनि विग्रदै गएको छ । कष्टकर जिवन व्यतित गर्दै आएका रोहिंग्या मुस्लिमहरुले आफ्नै देश म्यानमार वा अन्य सुरक्षित र भरपर्दो स्थानमा बसोबास सहित काम गर्ने वातावरणको लागि सहयोग गर्न संयुक्त राष्ट्रसंघलाई आह्वान गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);