राष्ट्रपतीय चुनावमा रुसी हस्तक्षेपबारे एफबीआईको निष्कर्ष स्वीकार गर्ने राष्ट्रपति ट्रम्पको भनाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राष्ट्रपतीय चुनावमा रुसी हस्तक्षेपबारे एफबीआईको निष्कर्ष स्वीकार गर्ने राष्ट्रपति ट्रम्पको भनाई

donald trump

एजेन्सी, २ साउन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसी हस्तक्षेपबारे अमेरिकी गुप्तचर निकाय एफबीआईको निष्कर्ष स्वीकार गर्ने बताएका छन् ।

फिनल्याण्डको हेलसिन्किमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सोमबार भएको भेटका क्रममा चुनावी हस्तक्षेपको बचाउ गर्नुभउका ट्रम्पले २४ घण्टापनि नपुग्दै आफ्नो भनाई परिवर्तन गरेका हुन् । पुटिनसँगको भेटमा दिएको अभिव्यक्ति विवादीत भएपछि थप स्पष्टिकरण दिन ट्रम्पलाई अमेरिकी नेता, उनकै साझेदार लगायतले दवाव दिएका थिए ।

चर्को दवावपछि ट्रम्पले आफ्ना शब्दको गलत व्याख्या भएको स्पष्टिकरण दिएका हुन् । राष्ट्रपति ट्रम्पले अमेरिकी गुप्तचर एजेन्सीमाथि आफ्नो पूर्ण विश्वास रहेको बताएका छन् । पुटीनसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा निर्वाचनमा भएको भनिएको हस्तक्षेप सम्बन्धमा राष्ट्रपति पुटिनले ट्रम्पलाई सोधेको एउटा प्रश्नमा उनले रुसले हस्तक्षेप गर्नुपर्ने कारण आफूले नदेखेको बताएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);