हस्तक्षेप सम्बन्धी अनुसन्धानका लागि बयान दिन ट्रम्प तयार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

हस्तक्षेप सम्बन्धी अनुसन्धानका लागि बयान दिन ट्रम्प तयार

donald trump

काठमाडौं,११ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय चुनावमा भएको भनिएको रुसी हस्तक्षेपबारे भइरहेको अनुसन्धानका लागि अन्तर्वार्ता दिन आफू तयार रहेको बताएका छन ।

अमेरिकी राष्ट्रपति ट्रम्पले ह्वाईट हाउसमा पत्रकार सम्मेलन गरी संघीय जाँच ब्यूरो (एफबिआई) का उच्च अधिकारीबाट गरिने छानबिनका लागि शपथको मर्यादामा रहेर जवाफ दिन आफू पूर्ण रूपमा तयार रहेको बताए । छानविनका क्रममा एफबिआईका अनुसन्धानकर्ता रोबर्ट म्युलरले ट्रम्पसँग बयान लिने बताइएको छ ।

तर बयानको मिति भने तय भएको छैन । ट्रम्पले अबको दुईदेखि तीन साताभित्र बयानका लागि अन्तर्वार्ता हुने अनुमान गरेका छन । एफबिआईले अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपबारे छानबिन गरिरहेको छ । ट्रम्पले छानबिनकै क्रममा एफबिआई प्रमुख जेम्स कोमीलाई गत मे मा पदबाट हटाएका थिए । कोमीको ठाउँमा एफबिआई प्रमुख नियुक्त गरिएका एन्ड्रिउ म्याक्केबले पनि ट्रम्प विरुद्धको छानबिनलाई जारी राखेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);