पूर्व डाक्टर लरी नस्सारलाई यौन शोषणको आरोपमा जेल सजाय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पूर्व डाक्टर लरी नस्सारलाई यौन शोषणको आरोपमा जेल सजाय

doctor lorry

एजेन्सी,११ माघ । अमेरिकाको एक अदालतले ओलम्पिकमा जिम्नास्टिक्स टिमका पूर्व डाक्टर लरी नस्सारलाई यौन शोषणको आरोपमा १ सय ७५ वर्षको जेल सजाय सुनाएको छ ।

अदालतले १ सय ५६ जना पीडितको बयानपछि नस्सारलाई जेल सजाय सुनाएको हो । पीडितको बयानपछि नस्सारले माफी माग्ने प्रयास गरेका थिए । तर न्यायाधीश रोजमेरी अकिलिनाले नस्सारलाई माफी दिन अस्वीकार गर्दै कैयौं युवतीलाई यौन दुव्र्यवहार गरेको ठहरसहित १ सय ७५ वर्षको जेल सजाय ताके ।

नस्सारले ओलम्पिक खेलाडीलाई समेत यौन दुव्र्यवहार गरेको पुष्टि भएको छ । न्यायाधीश अकिलिनाले नस्सारको कडा आलोचना गर्दै पीडित महिलाको सम्मानका लागि पनि नस्सारलाई ठूलो सजाय दिनुपरेको बताए । ५४ वर्षीय नस्सारलाई यसअघि पनि बालबालिकामाथि यौन हिंसा गरेको आरोपमा ६० वर्षको कैद सजाय सुनाइएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);