भारतमा आज ६९ औं गणतन्त्र दिवस मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

भारतमा आज ६९ औं गणतन्त्र दिवस मनाइँदै

varat

काठमाडौ,१२ माघ । भारतमा आज ६९ औं गणतन्त्र दिवस मनाइँदैछ । संविधान लागू भएको दिनलाई भारतमा गणतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ ।भारतले हरेक वर्ष २६ जनवरीका दिन गणतन्त्र दिवस मनाउने गरेको छ । सन् १९५० को जनवरी २६ मा भारतमा संविधान लागू भएको थियो । ब्रिटिश साम्राज्यबाट स्वतन्त्र भएर सार्वभौमअधिकार सम्पन्न भारत सरकारले नयाँ संविधान जारी गरेको दिनको सम्झनामा गणतन्त्र दिवस मनाउने गरेको हो ।

गणतन्त्र दिवसका अवसरमा काठमाडौंस्थित भारतीय दूतावासले औपचारिक कार्यक्रम गरी नेपालका विभिन्न शैक्षिक र स्वास्थ्य संस्थालाई बस र एम्बुलेन्स उपहारस्वरुप प्रदान गरेको छ । दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षीलाई बेग्लाबेग्लै वधाइ सन्देश पठाइ शुभकामना व्यक्त गरेका छन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);