भारतीय दुतावासले मनायो गणतन्त्र दिवस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भारतीय दुतावासले मनायो गणतन्त्र दिवस

काठमाडौं, १२ माघ । काठमाडौंस्थित भारतीय राजदुतावासले आफ्नो ७४ औं गणतन्त्र दिवस मनाएको छ । बिहीवार राजदुतावासले विभिन्न कार्यक्रमको आयोजना गरी काठमाडौंमा आफ्नो ७४ औं गणतन्त्र दिवस मनाएको हो । सो अवसरमा भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन पु¥याएको योगदानलाई कदर गर्दै कही व्यक्तिहरुलाई सम्मानसमेत गरिएको छ । साथै भारतीय सेनामा कार्यरत रहेर दिवंगत भएका थिए ।

नेपालीहरुको सम्मानमा उहाँहरुको परिवारलाई पनि कम्बलसहित चेक हस्तान्तरण गरिएको थियो । त्यसअघि दुतावास परिसरमा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा फहराउनुका साथै राष्ट्रपतिको सन्देश पढेर सनाएका थिए । दुतावासले नेपालका विभिन्न पुस्तकालय र शैक्षिक संस्थाहरुलाई उपहारस्वरुप पुस्तक प्रदानसमेत गरेको छ । भारतले हरेक वर्ष २६ जनवरीमा आफ्नो गणतन्त्र दिवस मनाउने गर्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);