गणतन्त्र दिवस भव्य रुपमा मनाउने सरकारको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

गणतन्त्र दिवस भव्य रुपमा मनाउने सरकारको तयारी

Ganatantra-Diwas

काठमाडौं, ४ जेठ । सरकारले गणतन्त्र दिवस भव्य रुपमा मनाउने तयारी गरेको छ । सरकारले आगामी जेठ १४, १५ र १६ गते गणतन्त्र दिवसलाई भव्य रुपमा मनाउने गरि प्रधानमन्त्री ओलीको अध्यक्षमा शुक्रबार गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेको छ ।

प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई भव्य रुपमा मनाउन मातहतका निकायलाई आवश्यक तयारी गर्न पनि निर्देशन दिए । गृहमन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई जनताको भावना प्रतिविम्बित हुनेगरी मनाउने दायित्व सरकारको भएको बताए ।

गणतन्त्र दिवस जनताको कार्यक्रम भएकाले यसमा व्यापक जनताको सहभागिता हुनेगरी तयारी गर्नुपर्नेमा मातहतका निकायलाई प्रधानमन्त्रीले सचेत गराए । प्रधानमन्त्री ओलीले जनताको विजयको रुपमा गणतन्त्र दिवस मनाउन लागिएको भन्दै त्यसमा जनताको सहभागितालाई बढाउन जोड दिनुपर्ने आवश्यक्ता औंल्याए । प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई जनउत्सवको रुपमा लिनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै गृह सचिव प्रेमकुमार राईले गणतन्त्र दिवसको कार्यक्रमबारे जानकारी गराएका थिए । त्यस अन्तरगत गणतन्त्र दिवसका दिन आगामी जेठ १५ गते सैनिक मंच टुँडिखेलमा राष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यमा विशेष कार्यक्रम आयोजना हुनेछ ।

दिवसलाई भव्य रुपमा सम्पन्न गर्न प्रधानमन्त्री ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । समितिमा कायममुकायम प्रधानन्यायाधिश दिपकराज जोशी, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्व राष्ट्रपति, मन्त्री लगायत विशिष्ट व्यक्ति छन् ।

जेठ १४, १५ र १६ गते दिवसलाई भव्य रुपमा मनाउन संचार माध्यामबाट सार्वजनिक अपिल गर्ने, गणतन्त्र स्मारिका प्रकाशन गर्ने लगायतका कार्यक्रम पनि तय गरिएको गृहसचिव राईले जानकारी दिए ।

गणतन्त्र दिवसको अवसर पारेर जेठ १४, १५ र १६ गते ३ दिनसम्म विदेशस्थित नेपाली दुतावास, नियोग तथा वाणिज्य दुतावासमा समेत दिपावलीसहितको कार्यक्रम तय गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);