पूजापाठका नाममा तमासा नदेखाउन पूर्वराजा ज्ञानेन्द्रलाई प्रम ओलीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

पूजापाठका नाममा तमासा नदेखाउन पूर्वराजा ज्ञानेन्द्रलाई प्रम ओलीको आग्रह

काठमाडौं, ४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूजापाठको नाममा तमासा नदेखाउन पूर्व राजा ज्ञानेन्द्र शाहलाई सचेत गराएका छन् । प्रधानमन्त्री ओलीले ज्ञानेन्द्रप्रति संकेत गर्दै विष्णुको अवतारको भ्रममा परेर गतिविधि गर्ने दिन अव समाप्त भएको बताए।

गणतन्त्र दिवस मूल समारोह समितिको बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै प्रम ओलीले गणतन्त्र दिवसको खुशीयालीमा सहभागी हुन पूर्वराजा ज्ञानेन्द्र शाहलाई आग्रह गरे।

गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष समेत रहेका प्रम ओलीले अर्को वर्ष गणतन्त्र दिवस समारोह समितिमा बस्न पूर्व राजा शाहलाई आफूले नै प्रस्ताव गर्ने बताए ।

सरकारले यही जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस भव्य रुपमा मनाउने तयारी गरेको छ । पूर्व राजा शाहले पनि नागरिकको रुपमा गणतन्त्र दिवसमा रमाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीले जोतिषहरुले विमान दुर्घटना हुने लगायतका तथ्यहिन भविष्यवाणी गरिरहेको भन्दै आपत्ति पनि जनाए । उनले कुन ग्रह र नक्षत्रले विमान दुर्घटना देखाएको भन्दै जोतिषहरुलाई प्रश्न गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);