गणतन्त्र दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा विशिष्ट व्यक्तिले उडाए परेवा | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

गणतन्त्र दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा विशिष्ट व्यक्तिले उडाए परेवा

diwas

काठमाडौं, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र नेपाली सभ्यता र परम्पराको हिस्सा भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले संविधानले जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएसँगै गणतन्त्र दिवस जनताको दिवस भएको बताए । सरकारले मंगलबार काठमाडौंको टुंडिखेलमा गरेको कार्यक्रमा प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई जनताको अभिमतका आधारमा शासनसत्ता सञ्चालन हुने राजनीतिक प्रणाली स्थापना गर्ने नेपाली जनताको दशकौंदेखिको आकांक्षा पूरा भएको दिनका रुपमा लिनुपर्ने बताए ।

उनँले गरीबी र लोकतान्त्रिक गणतन्त्र आपसमा मिल्ने विषय नभएको भन्दै विकास, समृद्धि, सुशासन र स्थिरता अबको गन्तव्य भएको बताए । प्रधानमन्त्री ओलीले गरीबी र विपन्नता अन्त्य गर्न तथा सुशासन कायम गरी आर्थिक विकास गर्न विगतका नीति, विधि र संरचना परिवर्तन गरिने बताए । उनले केन्द्र, प्रदेश र स्थानीय तहमा जननिर्वाचित सरकार रहेकाले अब आर्थिक विकासको राष्ट्रिय आकांक्षा पूरा हुने दाबी गरे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);