मुलुकमा गणतन्त्र स्थापना भएको एक दशक पूरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मुलुकमा गणतन्त्र स्थापना भएको एक दशक पूरा

ganatantra 1 dasak

काठमाडौं, १५ जेठ । मुलुकमा गणतन्त्र स्थापना भएको एक दशक पूरा भएको छ ।

२०६५ सालको जेठ १५ गते आजकै दिन मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको हो । गणतन्त्र राजनीति दलका लागि सत्तामा पुग्ने भर्याङ जस्तो बनेको छ । २ सय ४० वर्ष लामो राजसंस्थाको अन्त्य भइ गणतन्त्र स्थापना भएको १० वर्षको अवधिमा मुलुकमा १० वटा सरकार बनेका छन् । तर आम जनताले यसबीचमा राजनीतिक परिवर्तनको आभास गर्न पाएका छैनन् । जनताको दैनिक जीवनमा देखिने किसिमको सुधार आउन सकेको छैन ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले राष्ट्रिय एकता प्रवद्र्धन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुन प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिंदै राष्ट्रपति भण्डारीले जनभावनाको कदर गर्दै संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न कटिबद्ध हुनुपर्ने महत्वपूर्ण घडी आएको बताएका छन् ।

उनले आर्थिक विकास गर्ने नेपाली जनताको चाहनालाई साकार पार्ने अवसर सदुपयोग गर्न दलहरुसँग आग्रह समेत गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);