गणतन्त्र स्थापना भएको १३ वर्ष पूरा, जनतामा निराशा उस्तै (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

गणतन्त्र स्थापना भएको १३ वर्ष पूरा, जनतामा निराशा उस्तै (भिडियाेसहित)

गणतन्त्र स्थापना भएको १३ बर्ष पुरा भएको छ । गणतन्त्र स्थापना पछि ढिलै भएपनि जनताले आफना प्रतिनिधि मार्फत संविधान पाए । संविधान जारि भएसँगै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मुख्य चुनौतिको रुपमा रहेका संघ, प्रदेश र स्थानीय तहका निर्वाचनहरु सम्पन्न भए । गणतन्त्र स्थापनासँगै समावेशिताको माध्यमबाट राज्यका हरेक निकायहरुमा सवैको वर्ग क्षेत्र र जातिको सहभागिता तथा पहुँच बढ्दै गएको छ ।

गणतन्त्रको स्थापनासँगै सार्वभौम सत्ता र राजकीय सत्ताका मालिक नेपाली जनता भएका छन् । एउटा बंशमा केन्द्रिय सिमित रहेको मुलुकको राष्ट्राध्यक्ष हुने अधिकार आज नागरिकको पहुँचमा पुगेको छ । नेपालमा गणतन्त्रपछि तराइ मधेशका प्रतिनीधि रामवरण यादवलाई मुलुकको पहिलो राष्ट्रपति बन्ने अवसर प्राप्त भयो । एकै पटक मुलुककै सर्वोच्च पदहरु राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश जस्ता पदहरुमा महिलाहरु नेतृत्वमा पुगे ।

गणतन्त्र स्थापनासँग जनतामा उत्साह थियो, तर त्यसलाई संविधानमा उतार्न गणतन्त्र स्थपना पछिको ७ बर्ष पर्खनु प¥यो । पहिलो संविधानसभाल संविधान जारी गर्न नसकेर विघटन भयो र दोस्रो संविधानसभाबाट २०७२ साल आसोज ३ गते नेपालको नयाँ संविधान जारि भयो । ढिलै भएपनि जनताले आफन प्रतिनिधि मार्फत बनेको संविधान पाए । मुलुक अहिले तीन तहको शासकिय ब्यवस्थामा छ । यस बीचमा दर्जन बढि सरकार परिवर्तन भइरहँदा राजनीतिक स्थायीत्व हुन सकेन ।

नेपालको नयाँ संविधान जारी भएपछि वाम गठबन्धनको बहुमत प्राप्त सरकार बन्यो । संघमा मात्र होइन मुलुका सात बटा प्रदेश मध्ये ६ बटा प्रदेशमा एउटै पाटि तत्कालिन नेकपाको बहुमत प्राप्त सरकार बनेको थियो । लोकतान्त्रीक मुल्य मान्यता प्रति पुर्ण प्रतिवद्ध बताउदै आएको सरकारले संघीयता ब्यवस्थापन र आर्थिक समृद्धिलाई लक्ष्य ठान्यो । जनतामा पनि उत्साह बढेको थियो ।

सरकारले नीति कार्यक्रममा समावेश गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय नारा पुरा गर्न विगतमा एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै शुसासन र आर्थिक समृद्धि मार्फत जनतामा परिवर्तनको अनुभूति दिलाउन सरकार सफल हुन्छ भन्ने अपेक्षा थियो । तर तत्कालिन नेकपाभित्रको आन्तरिक विवादले जनताको अपेक्षामाथि तुसारापात ग¥यो । नेकपाको झगडाले नेताहरुको सत्तामोह सडक देखि सदनसम्म छर्लंग देखियो ।

राजनीतिक स्थिरतामा गइरहेको मुलुक अस्थिरता तर्फ धकेलियो । विश्वव्यापी रुपमा रहेको कोरोना संक्रमणले आक्रान्त बनेको नेपाल र नेपालीको पीडामा साथ दिन छोडेर नेताहरु सत्ता केन्द्रित राजनीतिमा लाग्दा नेताहरु प्रतिको जन आक्रोस बढि नै रह्यो । गणतन्त्रपछि पनि हरे पार्टी आन्तरिक द्धन्द्धमा फसेको अवस्था छ । संविधान भन्दा नेताहरु माथि रहेको जस्तो महसुस जनताले गरिरहेका छन् ।

त्यसैले आज हरेक नेपालीको प्रश्न छ , संविानमा गणतन्त्र आयो व्यवहारमा कहिले आउँछ भनेर ? त्यसो त गणतन्त्र स्थापनासँगै समानता र समाजीक न्यायका क्षेत्रमा उल्लेखनीय परिवर्तन नभएका होइनन् । सामाजिक वा सांस्कृतिक दृष्टिले पछाडी परेका महिला, दलित, आदिवासी, जनजाति, मधेशी, थारू, मुस्लिम, उत्पीडित विपन्न नागरिकको संरक्षण, सशक्तीकरणका लागि गरिएको आरक्षणका कारण राज्यका निकायहरुमा समानुपातिक समावेशी उपस्थिति बढाएको छ ।

यद्यपी लक्षित बर्गले त्यसको लाभ लिन सकेका छैनन् । टाठाबाठाहरुको हालीमुहाली छ । सिमित बर्गले मात्र समानुपातिक समावेसी सिद्धान्तको गलत प्रयोग गरेको गुनासो ब्यापक रुपमा बढिरहेको छ । उपलब्धी ब्यवस्थापनमा सुस्तता देखिएको छ । पछिल्ला दिनहरुमा आर्थिक सुचकहरु पनि निराशाजनक छन् । यसको मुलकारण हो, नेपाली राजनीति कहिल्यै पनि सरल रेखामा हिड्न सकेन । विद्यमान ऐन, कानुन र मूल कानुन तथा प्रावधानहरू मिचेर देशलाई अधोगतितिर धकेल्ने काम गणतन्त्रमा पनि जारी छ ।

आफ्नै पार्टीमा एकता कायम गर्न नसकेर राजनीतक दलहरु आन्तरिक गुटबन्दीमा फसेका छन् । गणतन्त्र स्थापनापछि पनि नेताहरुको प्रवृति फेरिन सकेन । कसैले पनि सत्ता छोड्न चाहेन । हर हालतमा सत्ता चाहिने नेताहरुले नैतिक र आदर्श विर्सेका छन् । जनभावना विपरित सत्तामा झुण्डिरहनाले राजनीतिक दलका नेताहरुले सम्मान गुमाएदै गएका छन । नेताहरुको सर्वसत्तावादी चरित्र हावी हुँदै जादा जनता वाक्क दिक्क भइसके ।

नेताहरु गालीगलौजमा उत्रिएका छन । जनता तमासा हेरिरहेका छन । गणतन्त्रमा पनि देशलाई घात भएको छ । जनताको बलिदानबाट आएको वर्तमान संविधान र संघीय गणतान्त्रिक पद्धति धरमराएको छ । १२ बर्षमा खोलो फर्कन्छ भन्ने नेपाली उखान नै छ । तर गणतन्त्र स्थापनाका १३ बर्ष वित्दा समेत नेताहरुमा लोकतान्त्रिक पद्धती बस्न नसक्नु देशको दुर्भाग्य बन्न पुगेको छ ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);