१४ औँ गणतन्त्र दिवस, राष्ट्रपतिद्वारा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

१४ औँ गणतन्त्र दिवस, राष्ट्रपतिद्वारा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त

काठमाडौं । २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिन । यसको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाइन्छ । झन्डै २ सय ४० वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई हटाएर नेपालमा आजकै दिन गणतन्त्र स्थापना भएको हो ।

१४औँ गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण नेपालीमा हार्दिक बधाई सहित सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गरेकी छिन्। । साथै, लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेकी छिन्।

गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनहरूलाई नेतृत्व प्रदान गर्ने राजनीतिक दलका अग्रज नेताहरूप्रति सम्मान व्यक्त गर्दै आन्दोलनमा सहभागी राजनीतिक कार्यकर्ता¸नागरिक समाजका अगुवाहरू एवं आम जनसमुदायको योगदानको उच्च प्रशंसा गरेको राष्ट्रपति भण्डारीको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति भण्डारीले कोराना संक्रमण बढेपछि जारी निषेधाज्ञा र जनस्वास्थ्यका मापदण्डहरू पालना गर्दै जनताको विजय भएको पर्वका रूपमा गणतन्त्र दिवस मनाउनका लागि सबैमा आह्वान गरेकी छिन्।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);