सुदूरपश्चिम प्रदेशमा मन्त्रीहरु हेरफेर, तिन मन्त्रीको राजीनाम , पाँच मन्त्रीले लिए आजै सपथ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सुदूरपश्चिम प्रदेशमा मन्त्रीहरु हेरफेर, तिन मन्त्रीको राजीनाम , पाँच मन्त्रीले लिए आजै सपथ

काठमाडौँ । आन्तरिक विवादका कारण नेकपा एमाले सुदूरपश्चिम प्रदेशले मन्त्रीहरु हेरफेर गरेको छ ।

शुक्रबार साँझ एमाले सुदूरपश्चिम प्रदेशले मन्त्रीहरु हेरफेर गरेको हो । तीन मन्त्रीले राजीनाम गरे लगत्तै पाँच मन्त्री र चार राज्यमन्त्री नियुक्त भएका छन् । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्ष मात्र रहेको स्थायी कमिटीले प्रदेश सरकारलाई समर्थन फिर्ता लिन निर्देशन दिएपनि प्रदेशसभा संसदीय दलले समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।

यसलाई लिएर विवाद भइरहेका बेला सरकारमा भएका तीन मन्त्रीले शुक्रबार दिउँसो राजीनामा दिएका थिए । आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले पनि राजीनामा दिएका हुन् ।

यसअघि उनले सम्हालेको आन्तरिक मामिलामा पूर्णा जोशी आएकी छन् भने दीर्घ सोडारीलाई भौतिक पूर्वाधार र लालबहादुर खड्कालाई जोशीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शुक्रबार नै शपथ लिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);