प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार : ८ मन्त्री र १ राज्यमन्त्री नियुक्त | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार : ८ मन्त्री र १ राज्यमन्त्री नियुक्त

६ मन्त्रीको जिम्मेवारी हेरफेर, दुई जनाको विदाइ

काठमाडौं, १० पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषद् बिस्तार गर्नुभएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार साँझ रिक्त रहेको मन्त्रालयमा नयाँ मन्त्रीहरु नियुक्त गर्नुभएको हो ।

नियुक्त नयाँ मन्त्रीहरुले राष्ट्रपति कार्यायल शीतलनिवासमा आयोजित कार्यक्रम पद तथा गोपनियताको सपथ समेत लिनुभएको छ । नव नियुक्त मन्त्रीहरुमा टोपबहादुर रायमाझी उर्जा, मणि थापा खानेपानी, प्रभु साह शहरी विकास, प्रेम आले वन, गणेश ठगुन्ना सामान्य प्रशासन, गौरी शंकर चौधरी श्रम, दावा लामा युवा तथा खेलकुद, जुली कुमारी महतो महिला बालबालिका र उद्योग राज्यमन्त्रीमा बिमला विश्वकर्मा रहनुभएको छ ।

यस्तैगरी केहीमन्त्रीको जिम्मेवारी हेरफेर भएको छ । स्वाथ्यमन्त्री भानुभक्त ढकाललाई पर्यटन मन्त्रीको जिम्मेवारी दिइएको छ भने स्वास्थ्य मन्त्रालयको जिम्मेवारी हृदयेश त्रिपाठीलाई दिइएको छ । यसैगरी कानुन मन्त्रालयको जिम्मेवारी लीलानाथ श्रेष्ठ, भूमिसुधारमा शिवमाया तुम्बाहाङ्फे, कृषिमा पद्मा अर्याल, शिक्षामा कृष्ण गोपाल श्रेष्ठलाई जिम्मा दिइएको छ ।

प्रतिनिधि सभा विघटन भएपछि ओली सरकारमा रहेका सात मन्त्रीले सामुहिक राजीनामा दिएका थिए । सोही रिक्त मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरिएको हो । खेलकुद मन्त्री जगत बिश्वकर्मा र उद्योग रनज्यमन्त्री मोती दुगडलाइ भने जिम्मेवारीबाट मुक्त गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);