प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

बिहीबार प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७ मन्त्री र १ राज्यमन्त्री नियुक्त गरेकी हुन् । प्रधानमन्त्री ओली रक्षा मन्त्रालय भने आफैसँग राखेका छन् ।

प्रधानमन्त्री ओलीको नेतृत्वमा गएको बैशाख ३१ मा गठित मौजुदा नयाँ नियुक्ती, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् विस्तार गरेको राष्ट्रपति कार्यलयले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । सो जानकारी अनुसार गृहमा खगराज अधिकारी नियुक्त भएका छन् ।

त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमा राजकिशोर यादव, सञ्चार ताथ सूचना प्रविधिमा नैनकला थापा, कृषि तथा पशुपंछीमा ज्वालाकुमारी साह, वन तथा वातावरणमा नारद मुनि राना नियुक्त भएका छन् ।

त्यसैगरी संघीय मामिला तथा सामान्य प्रशासनमा गणेशकुमार पहाडी, मोहन बानियाँ विनाविभागीय र आशा कुमारी विक वन तथा वातावरण मन्त्रालयका राज्यमन्त्रीमा नियुक्त भएका छन् । योसँगै ओलीको मन्त्रीमण्डल २५ सदस्यीय भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);