योजना आयोगका उपाध्यक्ष पौडेलले गरे सपथ ग्रहण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

योजना आयोगका उपाध्यक्ष पौडेलले गरे सपथ ग्रहण

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले पथ तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले उपाध्यक्ष डा.पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक समारोहका बीच सपथ ग्रहण गराएका हुन् । गएको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थविद् पौडेललाई राष्ट्रिय योजना आयोगमा उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

यसअघि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा नियुक्त भएका डा. पुष्प कंडेलले राजीनामा दिएपछि रिक्त रहेको पदमा पौडेललाई नियुक्त गर्ने निर्णय गरिएको हो । सो मन्त्रिपरिषद् बैठकले योजना आयोगका सदस्यहरुमा रामकुमार फँुयाल र दिलबहादुर गुरुङलाई नियुक्त गरेको थियो ।

उपाध्यक्ष पौडेलले आजे पदभार पनि ग्रहण गरिसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);