मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने माधव पक्षका १७ सांसदसँग स्पष्टिकरण माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने माधव पक्षका १७ सांसदसँग स्पष्टिकरण माग

कैलाली । सुदूरपश्चिम प्रदेशमा माओवादीका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएका एमाले नेता माधव नेपाल र झलनाथा खनाल पक्षका १७ सांसदलाई एमाले सुदूरपश्चिम प्रदेश कमिटीले स्पष्टिकरण सोधेको छ ।

मुख्यमन्त्री भट्टलाई दिएको समर्थन फिर्ता लिने पार्टीको निर्णयको अवज्ञा गर्दै विश्वासको मत दिएका नेपाल खनाल पक्षका १७ सांसदलाई एमाले सुदूरपश्चिम प्रदेश कमिटीले २४ घण्टे स्पष्टिकरण सोधिएको हो । एमाले सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता प्रकाश शाहसमेत स्पष्टिकरणमा परेका हुन् ।

गएको मंगलबार मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गरेका थिए । एकमाले सुदूरपश्चिम प्रदेश कमिटीले उनको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको भएपनि संसदीय दलले भने उनलाई समर्थन गर्ने निर्णय गर्दै उनको पक्षमा मतदान गरेको थियो ।

भट्टलाई आफ्नो पार्टी माओवादी केन्द्रका १३ सांसद र एमाले नेपाल–खनाल पक्षका १७ सांसदले विश्वासको मत दिएका थिए । कांग्रेस मतदानमा सहभागी नभई तटस्थ बसेको थियो भने एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली पक्षका ७ सांसद र जसपाका २ सांसदले उनको विपक्षमा मतदान गरेका थिए ।

यसअघि एमाले सुदूरपश्चिम संसदीय दलले पनि भट्टको विपक्षमा मतदान गर्ने ७ सांसदलाई स्पष्टिकरण सोधेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);