ओली पक्षका ७ प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

ओली पक्षका ७ प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण

धनगढी । एमाले सुदूरपश्चिम संसदीय दलले अध्यक्ष केपी शर्मा ओली पक्षका ७ प्रदेशसभा सदस्यलाइ २४ घण्टे स्पष्टीकरण सोधेको छ । मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन जारी गरिएको ह्वीप उल्लंघन गरेको भन्दै संसदीय दलका नेता प्रकाशबहादुर शाहले २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।

प्रदेशसभा सदस्यहरु पठानसिंह बोहरा, लिलाधार भट्ट, रतन थापा, माया तामाङ, ग्याल्बु बोहरा, नेपालु चौधरी लगाएतका सांसदलाई स्पष्टीकरण माग गरिएको हो ।

बुधबार २६ गते ५ बजेभित्र दलको कार्यालयमा स्पष्टीकरण दिनु भनिएको छ । स्पष्टीकरण नदिए वा चित्तबुझ्दो नभए दलको विधान अनुसार कारबाही गर्ने चेतावनी समेत स्पष्टीकरण पत्रमा उल्लेख गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);