एमाले नेता बाँस्कोटाको कटाक्ष : नेपाल समूह कांग्रेसमा बिलय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

एमाले नेता बाँस्कोटाको कटाक्ष : नेपाल समूह कांग्रेसमा बिलय

gokul

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेपाल पक्षलाई पार्टीबाट अलग हुन कटाक्ष गरेका छन् । मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत पुर्वमन्त्री समेत रहेका बास्कोटाले यस्तो कटाक्ष गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि छ बुँदे मार्ग प्रस्तुत गर्दै गर्दा पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले यस्तो कटाक्ष गर्नु पार्टी समायोजन भन्दा पनि विभाजनतर्फ उन्नमुख हुने देखिन्छ । उनले नेपाल–खनाल समूहलाई ‘खरानी समूह’ भन्दै पार्टी एकताको ठोस आधार निर्माण गरेकोमा हार्दिक बधाई समेत दिएका छन् ।

बाँस्कोटाले माकेमा विलय हुने र कांग्रेस प्रवेश गर्ने उनीहरूको छलाङकारी यात्रामा आजबाट उप्रान्त कसैले अवरोध नगरोस् भन्दै शुभकामना समेत दिएका हुन् ।

नेता बाँस्कोटाले व्यंग्यात्मक शैलीमा भनेका छन्, ‘विधि, पद्दति, अनुशासन, संघीयता, पार्टी एकता, समाजवाद, लोकतन्त्र के के हो के के जोगाउने एमालेको खरानी समुहले आज पनि पार्टी एकताको ठोस आधार निर्माण गरेकोमा हार्दिक बधाई। माकेमा विलय हुने र कांग्रेस प्रवेश गर्ने उहाँहरुको छलाङकारी यात्रामा आज उपरान्त कसैले अवरोध नगरोस्,अग्रिम शुभकामना !’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);