देउवाको कटाक्ष: ‘सिद्धान्त रामचन्द्र पौडेलले मात्रै जान्ने ?’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

देउवाको कटाक्ष: ‘सिद्धान्त रामचन्द्र पौडेलले मात्रै जान्ने ?’

deuba

काठमाडौं, १४ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति कटाक्ष गरेका छन् ।

सभापति देउवाले ‘सिद्धान्त पौडेलले मात्रै जान्ने’ भन्दै कटाक्ष गरेका हुन् । शुक्रबार पार्टीको पर्वत सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनमा पार्टीलाई जिताउन सबै नेता, कार्यकर्तालाई निर्देशन समेत दिए ।

त्यस अवसरमा उनले आफू सिद्धान्त नजान्ने तर आगामी निर्वाचनमा पार्टीलाई जिताउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरे । सभापति देउवाले निर्वाचनमा अन्तरघात गर्नेहरुलाई आगामी निर्वाचनमा पार्टीले उम्मेदवार नबनाउने चेतावनी दिए ।

उनले काठमाडौंमा रहेका पार्टीका सबै नेताहरुलाई जिल्ला जिल्लामा गएर आगामी निर्वाचनको तयारीमा जुटन पनि सचेत गराए ।

सभापति देउवाले आफूले स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीमा काम गरेकाहरुलाई मात्रै उम्मेदवार बनाएको दावी गरे । निर्वाचनमा उम्मेदवार बनाउने काममा आफूले कसैलाई पनि अन्याय नगरेको सभापति देउवाको दावी छ ।

कार्यक्रममा बोल्दै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालाले पार्टीलाई एकतावद्ध बनाएर लैजाने प्रतिवद्धता व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);