कम्युनिष्ट एकीकरणलाई अवसरको रुपमा लिनुपर्छ : देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कम्युनिष्ट एकीकरणलाई अवसरको रुपमा लिनुपर्छ : देउवा

deuba

काठमाडौं, ११ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीहरुबीचको एकीकरणलाई अवसरको रुपमा लिनुपर्ने बताएका छन् ।

सभापति देउवाले पाँच वर्ष भित्र पार्टीलाई विजयमा परिणत गर्नेगरी एकतावद्ध भएर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएका छन् ।

शुक्रबार नेपाल सांस्कृतिक संघले पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कम्युनिष्ट पार्टीबीचको एकीकरणले काँग्रेस मात्रै लोकतान्त्रिक पार्टी भएको सिद्ध हुने र आगामी निर्वाचनमा विजयी हुन अनुकूल वातावरण बन्ने दावी गरे ।

सभापति देउवाले निर्वाचनमा भएको हारबाट नआत्तिन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । उनले दुई ठूला कम्युनिष्ट पार्टी मिलेका कारण निर्वाचनमा पार्टीले हार व्यहोर्नु परेको तर्क दोहो-याउँदै पाँच वर्ष भित्र पार्टीलाई पुरानै अवस्थामा पु-याउने योजना पनि अघि सारे ।

सभापति देउवाले अन्तरघातले पनि पार्टीलाई कमजोर बनाएको भन्दै त्यस्ता नेता, कार्यकर्तालाई कार्वाही गर्ने चेतावनी पनि दिए ।

कार्यक्रममा बोल्दै काँगे्रस वरिष्ठ नेता रामचन्द्र पौडेलले संगठन कमजोर भएकै कारण पार्टीले निर्वाचनमा हार व्यहोरेको स्विकार गरेर अघि बढ्न सभापति देउवाको गम्भिर ध्यानाकर्षण गराए ।

उनले देउवाप्रति लक्षित गर्दै दुई कम्युनिष्ट मिलेका कारण पार्टीले निर्वाचनमा हारेको भनेर भन्न नहुने तर्क पेश गरे । वरिष्ठ नेता पौडेलले नेपालमा काँग्रेस र कम्युनिष्ट बीचको लडाईमा काँग्रेसले जित्नुपर्ने धारणा राखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);