सरकारको सय दिन सकारात्मक देखिएन : महत | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

सरकारको सय दिन सकारात्मक देखिएन : महत

काठमाडौं, ११ जेठ । काँग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारको सय दिन सकारात्मक नदेखिएको प्रतिक्रिया दिएका छन् । शुक्रबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य शक्तिलाई समेत पार्टीकरण गर्न खोजेको आरोप लगाए ।

प्रधानमन्त्री ओलीले राष्ट्रियतालाई सत्तामा पुग्ने भ-याङ बनाएको आरोप लगाउँदै उनले सरकार गलत बाटोबाट अघि बढिरहेको दावी समेत गरे ।

सहमहामन्त्री महतले सरकारले संविधान, कानुन र विधिको शासनलाई क्षतविक्षत बनाउने कोशिस गरिरहेको आरोप लगाए । उनले सरकारले जनताको अपेक्षा पूरा गर्ने व्यवहार नदेखाएको भन्दै सरकारलाई सचेत गराउने अभियान संचालन गर्ने योजना पनि अघि सारे ।

सहमहामन्त्री महतले सरकारले सिन्डीकेट अन्त्य गर्ने, वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित बनाउने प्रतिवद्धता जनाएपनि त्यसलाई हल गर्न कानुनी बाटो अवलम्बन गर्न नसकेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।

उनले मुलुकलाई समृद्ध बनाउने योजना कार्यान्वयनमा ल्याउन सरकारले नसकेको दावी गरे । काँगेस सहमहामन्त्री महतले सरकारका भनाई राम्रो भएको तर त्यसलाई व्यवहारमा उतार्न नसकेको स्पष्ट पारे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);