सरकारले जनतालाई सपना मात्रै बाँडेको महतकाे आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

सरकारले जनतालाई सपना मात्रै बाँडेको महतकाे आरोप

काठमाडौं, २६ चैत । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले जनतालाई सपनामात्रै बाँडिरहेको आरोप लगाएका छन् ।

नेता महतले प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा समेत जनतालाई तत्काल राहत दिने विषयमा ध्यान नदिएको आरोप लगाएका छन् । उनले रेलमार्ग जस्ता १० वर्षीय योजना अघि सारेर नेपाली जनताले तत्काल लाभ लिने अवस्था नरहेको भन्दै सरकारलाई तत्काल राहत हुने काममा केन्द्रित हुनु सुझाव दिएका छन् ।

सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता महतले सरकारले रेलमार्गको कुरा गरेपनि त्यसमा लगानी गर्न सक्ने अवस्था नरहेको जिकिर गरे । नेता महतले काठमाडौंलाई प्रदुषणमुक्त बनाउने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गरे देश र जनताले तत्काल राहत पाउनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

उनले भारत सरकारसँग हवाई रुट जस्ता अत्यावश्यकीय विषयमा कुरा नउठाएको भन्दै प्रधानमन्त्री ओलीको आलोचना गरे । काँग्रेस नेता महतले लगानीको अभावमा नेपालले तत्काल रेलमार्ग निर्माण लगायतका विषयलाई अघि बढाउन सक्ने अवस्था नरहेको बताएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);