सरकारी निकायलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने रक्षामन्त्रीको प्रतिबद्धता | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८३, शनिबार

सरकारी निकायलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने रक्षामन्त्रीको प्रतिबद्धता

ishwor pokhrel

काठमाडौं, २६ चैत । रक्षामन्त्री ईश्वर पोखरेलले सरकारी निकायलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल आँखा अस्पतालको ४४ औं बार्षिकउत्सवको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा रक्षा मन्त्री पाखरेलले राजनीतिक हस्तक्षेपका कारण कतिपय सरकारी निकायको दुर्भाग्यपूर्ण अवस्था आएको भन्दै अब त्यसो हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

उनले अनुसन्धानको दायरालाई फराकिलो बनाउँदै कार्यसम्पादन गर्न सरकारी निकायलाई निर्देशनसमेत दिए । मन्त्री पोखरेलले आँखा अस्पतालले चेतनामूलक अभियान सञ्चालन गर्दै आएकोमा खुशी व्यक्त गर्दै आवश्यक सहयोग उपलब्ध गराउने आश्वासन दिए ।

कार्यक्रममा अस्पताल सञ्चालक समितिका पूर्व अध्यक्षद्धय यादव खरेल र जनार्दन आचार्य तथा संचालक समितिका सदस्यहरु सोमना पोखरेल र कृष्णप्रसाद भण्डारीलाई सम्मान गरिएको थियो ।