संघीय सरकार एक्लैले शासन गर्ने अवस्था छैन : महरा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

संघीय सरकार एक्लैले शासन गर्ने अवस्था छैन : महरा

krishana mahara

काठमाडौं, ३ चैत । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संघीय सरकार एक्लैले शासन गर्ने अवस्था अव नरहेको बताएका छन् । सभामुख महराले संघीय सरकारले राज्यलाई आवश्यक नीति निर्माण मात्रै गरे हुने स्पष्ट पारे । उनले प्रदेश र स्थानीय तहको सरकारलाई विकास, निर्माण लगायतका काममा सक्रिय हुनेगरी स्वायत्त अधिकार दिने संवैधानिक व्यवस्था रहेको बताए ।

सभामुख महराले सूचनाको हक लुकाउने काम नगर्न पनि सम्बन्धित सरकारी निकायलाई सचेत गराएका छन् । उनले जनतालाई सशक्त बनाउने गरी सूचना दिने कामलाई सहज बनाउन पनि राष्ट्रिय सूचना आयोगको ध्यानाकर्षण गराए ।

सोमबार काठमाडौंमा आयोजित सूचनाको हकको प्रभावकारी कार्यान्वयन प्रचलनका लागि राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै सभामुख महराले लोकतन्त्रलाई सुदृढ बनाउँदै मुलुकमा राष्ट्रिय एकता कायम गर्ने उद्देश्यका साथ स्थापना गरिएको आयोगले जनतालाई सशक्त बनाउने गरी सूचना दिने कामलाई उच्च प्राथमिकता दिनुपर्ने बताए ।

सभामुख महराले जनतालाई सूचना लुकाउने काम कसैले पनि गर्न नहुनेमा जोड दिए । कार्यक्रममा बोल्दै संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बास्कोटाले सूचनाको हक कार्यान्वयनका लागि सरकारले अथक प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले बदलिँदो राजनीतिक परिवेशमा कर्मचारी तन्त्र अभ्यस्त नहुँदा सूचनाको हक कार्यान्वयनको काममा समस्या देखिएको बताए । राज्यमन्त्री बास्कोटाले सूचनाको हक प्राप्तीका लागि संघर्ष गरिरहन पर्ने अवस्था भने नरहेको स्पष्ट पारे । राज्यमन्त्री बास्कोटाले सूचनाको हक कार्यान्वयनमा लैजाने कामलाई सरकारले उच्च प्राथमिकता दिने योजना पनि अघि सारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);