वृहत्तर राष्ट्रिय एकताको खाँचो छ : सभामुख सापकोटा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

वृहत्तर राष्ट्रिय एकताको खाँचो छ : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले वृहत्तर राष्ट्रिय एकताको खाँचो रहेको बताएका छन् ।आइतबारदेखि शुरु हुने संघीय संसदको अधिवेशनको तयारीको सम्बन्धमा संघीय संसद भवन नयाँ बानेश्वरमा निरिक्षणका लागि पुग्नुभएका सभामुख सापकोटाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै राजनीतिक दलहरुबीचमा बृहत्तर राष्ट्रिय एकता आवश्यक रहेको बताएका हुन् ।

उनले नेपालीको आत्मनिर्णयको अधिकार प्रयोग गरेर अगाडी बढ्न तथा संविधान जारी भएसँगै जनताले राखेका आशालाई विश्वासमा परिणत गर्नका लागि बृहत राष्ट्रिय एकताको खाचो रहेको बताएका छन् ।

उनले वृहत राष्ट्रिय एकताको शक्तिशाली शन्देश दिने थलो प्रतिनिधि सभा भएको र प्रतिनिधि सभाबाट राष्ट्रिय एकताको शन्देश दिनुपर्ने पनि बताएका छन् । सभामुख सापकोटाले राष्ट्रिय एकता कायम गर्न आफुले इमान्दारीतापूर्वक र निष्ठाका साथ समन्वय गर्ने पनि बताए । उनले संसद बैठक व्यवस्थित ढंगले गर्ने बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);