विधिसम्मत ढंगले मौलिक हकसम्बन्धी सबै कानुन पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विधिसम्मत ढंगले मौलिक हकसम्बन्धी सबै कानुन पारित

काठमाडौं, २ असोज । संघीय संसद सचिवालयले मौलिक हकसम्बन्धि सबै कानुन विधिसम्मत ढंगले पारित गरिएको जनाएको छ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरी संविधानमा व्यवस्था गरिएको मौलिक हकसम्बन्धि कानुन तोकिएकै समय भित्र विधिसम्मत ढंगले पारित गरिएको औंपचारिक जानकारी गराएका हुन् ।

यही असोज ३ गते भित्र निर्माण गरिसक्नु पर्ने मौलिक हकसँग सम्बन्धित सबै कानुन निर्माण कार्य विधिसम्मत ढंगले पूरा गरिएको सभामुख महराले बताए । उनले सरकारले केही विधेयक ढिला गरी ल्याएपनि त्यसलाई प्रक्रिया पु¥याएरै पारित गरिएको स्पष्ट पारे ।

भदौं ३१ गतेसम्म प्रतिनिधिसभा र राष्ट्रिय सभाले मौलिक हकसँग सम्बन्धि १६ वटा कानुन पारित गरेको थियो । सभामुख महराले संघीय संसदबाट पारित सो कानुन राष्ट्रपतिले आजै प्रमाणिकरण गर्ने जानकारी दिए ।

सभामुख महराले मौंलिक हकसँग सम्बन्धित कानुन निर्माणका लागि सहयोग गरेकोमा सरकार, प्रमुख प्रतिपक्ष दल लगायतका सबै राजनीतिक दल, संसदीय समितिहरु, संसद सचिवालयका सबै कर्मचारीहरुलाई धन्यवाद दिए ।

उनले प्रतिनिधिसभामा ७ वटा र राष्ट्रिय सभामा रहेको ३ वटा विचाराधिन विधेयक पनि १५ दिन भित्र पारित गरी सक्ने योजना सार्वजनिक गरे ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक व्यवस्था अनुसार पारित गर्नुपर्ने विधेयक संसदमा पेश गर्न सरकारलाई ताकेता गरिरहेको बताए । उनले मौलिक हकसँग सम्बन्धित कानुन निर्माण कार्य पहिलो प्राथमिकतामा भएकाले संसदको वर्षे अधिवेशनमा सो विधेयकलाई उच्च प्राथमिकता दिनु परेको बताए ।

सरकारले हालसम्म ३२ वटा विधेयक संघीय संसद सचिवालयमा दर्ता गराएको छ । ती मध्ये २२ वटा विधेयक पारित गरिएको पनि प्रतिनिधिसभाका सभामुख महराले जानकारी दिए । बाँकी १० वटा विधेयक यही अधिवेशनमा पारित गरिसक्ने संघीय संसद सचिवालयको योजना छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);