सभामुख महराको भूमिकाप्रति कांग्रेसको असन्तुष्टी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सभामुख महराको भूमिकाप्रति कांग्रेसको असन्तुष्टी

mahara

काठमाडौं, १८ साउन । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेको छ ।

शुक्रबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले सभामुख महरा सबै दलको साझा बन्न नसकेको निष्कर्ष निकालेको हो । सभामुखले पदीय मर्यादा भुलेर दलीय आस्थाको आधारमा काम गरेको कांग्रेसको आरोप छ ।

मन्त्रीहरुले बोलेपछि प्रश्नोत्तर गर्न पाईने व्यवस्था हुँदाहुँदै सभामुख महराले बिहीबारको प्रतिनिधिसभा बैठकमा आफूहरुलाई बोल्न नदिएको कांग्रेसको टिप्पणी छ । बैठकले यस सम्बन्धमा सभामुख महरालाई भेटेरै ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

बैठकमा विभिन्न विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव, ध्यानाकर्षण प्रस्ताव र संकल्प प्रस्तावका विषयमा पनि छलफल भएको छ ।

बैठकले मौलिक हकसम्बन्धि कानुन निर्माणका लागि आवश्यक विधेयक तत्काल ल्याउन पनि सरकारसँग माग गरेको छ । संविधान बमोजिम आगामी असोज ३ गते भित्र मौलिक हकसम्बन्धि सबै कानुन निर्माण गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);