सभामुख चयन प्रकृया चाँडो सुरु गर्न कांग्रेसको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सभामुख चयन प्रकृया चाँडो सुरु गर्न कांग्रेसको आग्रह

काठमाडौं, ३ माघ । नेपाली कांग्रेसले सभामुख चयन प्रकृया चाँडो सुरु गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई आग्रह गरेको छ ।

शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले ६ गतेबाट सुरु हुने भनिएको प्रतिनिधिसभा बैठकबाट नै सभामुख चयन प्रकृया सुरु गर्न आग्रह गरेको हो । कांग्रेसले संविधान अनुसार सभामुख र उपसभामुखको चयन गर्न पनि नेकपालाई आग्रह गरेको छ ।

संविधानमा भएको व्यवस्था अनुसार फरक दल र फरक लिंगको आधारमा सभामुख र उपसभामुख चयन नभए कांग्रेसलाई सैह्य नहुने चेतावनी समेत दिएको छ ।

राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले कांग्रेसले सभामुख चयनका विषयमा सत्तारुढ दलसँग छलफल पनि जारी रहेको बताउनुभयो । सभामुख उपसभामुख फरक दलको हुनुपर्ने व्यवस्था अनुसार कांग्रेसले पनि दुई मध्ये एकमा रुची राख्नु स्वभाविक भएकाले उहाँले बताउनुभयो ।

पाण्डेका अनुसार नेकपासँग यो विषयमा छलफल जारी रहेको र छलफल पछि मात्रै उम्मेदवार उठाउने नउठाउने निर्णय बैठकले गरेको छ ।

पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वअर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की रहेको समयमा भएको एमसीसी सम्झौता संसदबाट पारित हुनुपर्ने माग पनि कांग्रेसले गरेको छ ।

पार्टी सभापति देउवा र अन्य केन्द्रीय सदस्यहरुको नाम जोडेर गलत समाचार प्रकाशनमा आएको प्रति ध्यानाकर्षण भएको जनाउँदै कांग्रेस संसदीय दलको बैठकले यहि सदनबाट नै एमसीसी सम्झौता पारित गर्न आग्रह गरेको छ ।

कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार नउठाएका दलहरुलाई सहयोग गर्न पनि आग्रह गरेको छ । संसदीय दलका नेता पाण्डेले राष्ट्रियसभामा उम्मेदवार नउठाएका दलहरुले कांग्रेसलाई मतदान गरी सहयोग गर्न बैठकले आग्रह गरेको बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);