विश्वकै होचा व्यक्ति खगेन्द्र थापामगरको पोखरामा निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विश्वकै होचा व्यक्ति खगेन्द्र थापामगरको पोखरामा निधन

कास्की, ३ माघ । विश्वकै होचा व्यक्तिको कीर्तिमान राखेका खगेन्द्र थापामगरको पोखरामा निधन भएको छ । थापाको शुक्रवार दिउँसो पोखराको मणिपाल अस्पतालमा उपचारका क्रममा निधन भएको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मिनबहादुर रानाले जानकारी दिनुभयो ।

निमोनियाका कारण उहाँलाई बिहीबार अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको थियो। उहाँको शुक्रवार दिउँसो निधन भएको अस्पतालले जनाएको छ।

खगेन्द्रको जन्म २०४९ साल असोज १८ गते बागलुङमा भएको थियो । २०६७ असोज २८ मा विश्वकै होचो व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ मा नाम लेखिएको थियो।

उहाँको उचाई ५७ सेन्टिमिटर थियो । उहाँले १८ वर्षको उमेरमा विश्वकै होटो व्यक्तिको नाममा गिनिज बुकमा नाम लेखाउनुभएको थियो । खगेन्द्रको जन्मदाको तौल जम्मा ६ सय ग्राम थियो भने निधनअघिको तौल ५दशमलव ५ केजी थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);