सबैभन्दा धेरै सम्पत्ति गुमाउनेमा मस्कको विश्व कीर्तिमान | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सबैभन्दा धेरै सम्पत्ति गुमाउनेमा मस्कको विश्व कीर्तिमान

प्रतिमा धरेल

काठमाडौं । कुनै बखत संसारकै सबैभन्दा धनी व्यक्ति रहनुभएका ट्विटरका मालिक इलोन मस्कले सबैभन्दा धेरै सम्पत्ति गुमाएर नयाँ विश्व कीर्तिमान राख्नुभएको छ । यसको मुख्य कारण ट्विटर खरिद गरेसँगै उहाँको अन्य कम्पनीको सेयरमा आएको गिरावटलाई मानिएको छ । यद्यपी सेयर मुल्य सँगै उहाँको गुमेको व्यक्तिगत सम्पत्ती बढ्ने सम्भावना पनि उत्तिकै छ ।

सन् २०२१ को नोभेम्बरदेखि २०२२ को डिसेम्बर बीचमा १६५ अर्ब अमेरिकी डलर गुमाउँदै इलोन मस्क संसारको इतिहासमै सबैभन्दा धेरै व्यक्तिगत सम्पत्ति गुमाउने व्यक्ति बन्नुभएको छ । उहाँको सम्पत्तिमा आएको गिरावटले सन् २००० मा जापानी लगानीकर्ता मासायोशी सोनले गुमाएको ५८ दशमलब ६ अर्ब अमेरिकी डलरको कीर्तिमान तोडेको छ । उहाँको यो कीर्तिमान बारे गिनिज बुक अफ ओर्लड रेकर्डले आफ्नो वेवसाईटमा राखेको ब्लगमा जानकारी गराएको छ ।

तथ्याङ्कमा १६५ अर्ब अमेरिकी डलर भनिएपनि मस्कले गुमाएको रकम अझै बढि हुन सक्ने गिनिज बुक्सले जनाएको छ । कुनै बेला विश्वकै धनी व्यक्तिको रुपमा स्थापीत उहाँले दुर्भाग्यवस उक्त स्थान गुमाउनुभएको छ । व्यवसायी र लगानीकर्ता मात्र नभई उहाँ एक इन्जिनियर, औद्योगिक डिजाइनर, प्राविधि उद्यमी र परोपकारी पनि हुनुहुन्छ । ट्विटरका नयाँ मालिक मस्क २०१८ मा फेलो अफ रोयल सोसाइटीको रूपमा निर्वाचित हुनुभएको थियो । २०१८ मा, उहाँ फोर्ब्सको संसारको सबैभन्दा शक्तिशाली व्यक्तिहरूको सुचीको २५ औँ स्थानमा सुचिकृत हुनुभएको थियो भने २०१९ को मस्ट इनोभेटिब लिडरमा पहिलो स्थानमा पर्नुभएको थियो । १४ अगस्ट २०२०मा उहाँको खुद सम्पत्ति ७६.७ अर्ब डलर रहेको अनुमान छ र उहाँ फोर्ब्सको विश्वको सातौ धनि मानिस सुचिकृत हुनुभयो ।

२०२१ मा, जेफ बेजोसलाई उछिनेर विश्वको सबैभन्दा धनी व्यक्ति बन्नुभएका मस्कले गत वर्ष सामाजिक सञ्जाल कम्पनी ट्विटर खरिद गर्न ४४ अर्ब अमेरिकी डलर खर्च गरेपछि विद्युतीय कार कम्पनि टेस्लाका लगानीकर्ताहरूमाझ अब उहाँले आफ्नो कार कम्पनीमा धेरै ध्यान केन्द्रित नगर्ने चिन्ता व्यापक बनेको थियो । जसकारण टेस्लाको शेअर मूल्य तिब्र रुपमा घटेको थियो । उहाँको सम्पत्तीमा आएको गिरावटको मुख्य कारण मस्कको स्वामित्वमा रहेका शेअरमा आएको गिरावटलाई मानिएको छ । तर शेअरको मूल्य पुनः बढ्ने र मस्कले गुमाएको सम्पत्ति फेरि बढ्न सक्ने सम्भावना प्रवल छ । अहिले मस्कले लिनुभएको विश्वकै धनी व्यक्तिको स्थानमा फ्रान्सेली विलासी सामग्री उत्पादक कम्पनी एलभीएमएचका मालिक बेअर्नार अर्नो रहनुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);