अमेरिकामा उडान सुचारु, साइबर आक्रमण नभएको पृष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अमेरिकामा उडान सुचारु, साइबर आक्रमण नभएको पृष्टि

वाशिंगटन । अमेरिकामा बिहीबारबाट सुचारु उडान सुचारु भएको छ । संघीय उड्डयन प्रशासन (एफएए) ले बिहीबार बिहान कुनै उडान ढिलाइ वा रद्द नभएको ट्वीट गरेको छ।

एफएएको प्रणालीमा प्राविधिक गडबडीका कारण बुधबार बिहान करिब पाँच घण्टा उडान अवरुद्ध भएको थियो । यस अवधिमा कुल ११ हजार ३ सय उडान प्रभावित भएका छन् । हजारौं उडान ढिलो भएको छ भने एक हजारभन्दा बढी रद्द गर्नुपरेको छ ।

यसैबीच, ह्वाइट हाउसले एफएएको प्रणालीमा साइबर आक्रमण भएको कुनै प्रमाण नभएको बताएको छ । बुधबार साउथवेस्ट एयरलाइन्स, युनाइटेड एयरलाइन्स, डेल्टा एयरलाइन्स जस्ता प्रमुख अमेरिकी एयरलाइन्सका करिब ४० प्रतिशत उडान ढिलो वा रद्द भएका थिए । जसका कारण देशभर हवाई सेवा ठप्प भएपछि साइबर हमलाको सम्भावना व्यक्त गरिएको थियो । ह्वाइट हाउसका प्रेस सेक्रेटरी किरिन जीन पियरेले एफएएमा साइबर आक्रमणको कुनै प्रमाण नभएको स्पष्ट पारे।

यद्यपि राष्ट्रपति जो बाइडेनले प्राविधिक विभागलाई यस विषयमा राम्ररी अनुसन्धान गर्न निर्देशन दिएका छन्। एफएए अधिकारीहरूले प्रारम्भिक अनुसन्धानले उनीहरूको प्रणालीमा डाटाबेस फाइलमा समस्या भएको बताए। यस डाटाबेस फाइलले मुख्य प्रणाली र ब्याकअप प्रणालीलाई असर ग¥यो, जसले समस्या निम्त्यायो।

एफएएका अनुसार पाइलटहरूलाई खतराको धारणा र एयरपोर्ट सुविधाहरू र प्रक्रियाहरूमा परिवर्तनहरू बारे जानकारी गराउने प्रणालीमा समस्याहरू थिए। नोटिस टु एयर मिसन (नोटाम) प्रणालीमा सुधारका लागि पनि पटकपटक प्रयास गरिएको भएपनि अहिले पूर्णरुपमा ठीक भइसकेको जानकारी दिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);