पाकिस्तानको सरकारी एयरलाइन्स, पीआइएले नियमितरुपमा इस्लामावाद–काबुल उडान पुनः शुरु गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

पाकिस्तानको सरकारी एयरलाइन्स, पीआइएले नियमितरुपमा इस्लामावाद–काबुल उडान पुनः शुरु गर्ने

एजेन्सी । पाकिस्तानको सरकारी एयरलाइन्स, पिआइएले नियमितरुपमा इस्लामावाद–काबुल उडान पुनः शुरु गर्ने भएको छ ।

पाकिस्तानको एयरलाइन्स, पिआइएले उडानका लागि सबै तयारी पूरा भएको र पहिलो जहाज सोमबार नै जाने पनि जनाएको छ । पकिस्तान एयरलाइन्सले आइतबार विज्ञप्ति प्रकाशन गरेर उक्त जानकारी दिएको हो ।

एयरलाइन्सले यसअघि रोकिएको उडान अब सोमबारबाट नियमितरुपमा सुचारु गर्ने जनाएको हो । अफगानिस्तानमा तालिबानीले हमला गरेर सत्ता कब्जा गरेपछि पाकिस्तानको यो एयरलाइन्सले पनि आफ्ना सबै उडान बन्द गरेको थियो ।

त्यसयता यहाँका कैयौँ विदेशी विमान सेवा कम्पनीले उडान बन्द गरेका थिए । तर अरु देशका यी कम्पनीले भने उडान शुरु गरेका छैनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);