मानिसको चालढालसँग ९९.८ प्रतिशतसम्म तालमेल मिलाउने चीनको रोबोट | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८३, आइतबार

मानिसको चालढालसँग ९९.८ प्रतिशतसम्म तालमेल मिलाउने चीनको रोबोट

चीनको रोबोट निर्माता कम्पनी युनिट्री रोबोटिक्सले मानिसको शारीरिक गतिविधिको नक्कल गर्न सक्ने अत्याधुनिक रोबोट सार्वजनिक गरेको छ । यो रोबोटले मानव सञ्चालकको शरीरको चालढाललाई वास्तविक समयमा पछ्याउँदै लगभग तत्काल प्रतिक्रिया दिन सक्छ । कम्पनीका अनुसार रोबोटले मानिसको गतिविधिसँग ९९.८ प्रतिशतसम्म तालमेल मिलाउन सक्छ । मानिसले गर्ने विभिन्न शारीरिक गतिविधि र हाउभाउलाई एकै समयमा नक्कल गर्न सक्ने यस प्रविधिलाई रोबोटिक्स क्षेत्रमा भएको पछिल्लो प्रगतिका रूपमा हेरिएको छ ।

Leave a Reply