सांघाईको सुविधा पसलमा २४ घण्टे सेवामा खटिए ६ मानवरूपी रोबोट | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १९ २०८३, बिहीबार

सांघाईको सुविधा पसलमा २४ घण्टे सेवामा खटिए ६ मानवरूपी रोबोट

चीनको सांघाईस्थित एक सुविधा पसलमा ६ वटा मानवरूपी रोबोटले २४ घण्टे कार्य परीक्षण पूरा गरेका छन् । चीनमा निर्मित ‘एजीबोट जिनी जी–२’ मोडलका ती रोबोटलाई पसलमा ग्राहक सेवासहित विभिन्न काममा खटाइएको थियो । परीक्षणका क्रममा रोबोटहरूले ग्राहकलाई स्वागत गर्ने, खानेकुरा तथा पेय पदार्थ उपलब्ध गराउने, पसलका ¥याकमा सामान पुनः भर्ने र टेबल सफा गर्नेलगायतका काम गरेका थिए । उक्त परीक्षण वास्तविक व्यावसायिक वातावरणमा सञ्चालन गरिएको थियो। परीक्षणका गतिविधि अनलाइनमार्फत प्रत्यक्ष प्रशारणसमेत गरिएको थियो । नियन्त्रित प्रयोगशालामा मात्र सीमित रहँदै आएको कृत्रिम बौद्धिकता (एआई) मा आधारित मानवरूपी रोबोटलाई दैनिक व्यावसायिक सेवामा प्रयोग गर्न सकिने सम्भावना यस परीक्षणले देखाएको छ । यसले भविष्यमा खुद्रा व्यापार तथा सेवा क्षेत्रमा रोबोटको प्रयोग विस्तार हुन सक्ने संकेत गरेको छ ।

Leave a Reply