बजार अनुगमन : काठमाडौंका खाजा पसलमा अखाद्य बस्तुको प्रयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बजार अनुगमन : काठमाडौंका खाजा पसलमा अखाद्य बस्तुको प्रयोग

काठमाडौं, ३० चैत । राजधानीमा संञ्चालित चिकेन स्टेशन (खाजा पसल)मा अखाद्य तेलको प्रयोग भएको पाईएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शनिबार गरेको बजार अनुगमनका क्रममा काठमाडौं महानगरपालिकाको सितापाईलास्थित चिकेन स्टेशनमा अखाद्य तेल प्रयोग भएको पाईएको हो ।

चिकेन फ्राईका लागि राखिएको तेल हाई पोलारिटी (अत्याधिक डढेको) पाईएपछि अनुगमन टोलीले सबै तेल नष्ट गरि ३ दिन भित्र विभागमा उपस्थित हुनका लागि पत्र काटेको छ । त्यसैगरी संगै सञ्चालित सेल्सबेरी डिपार्टमेण्ट स्टोरका खाद्य सामाग्रीहरु पनि गुणस्तरहिन पाईएको छ ।

फापरको पीठो, पिउने पानी, तेल, जाम लगायत सामाग्री गुणस्तरयुक्त नपाईएपछि विभागले सेल्सबेरी डिपार्टमेण्ट स्टोरको उत्पादन तथा बिक्रिवितरणमा रोक लगाएको छ ।

त्यसैगरी बालाजु माछापोखरीस्थित सुर्यदेव मिठाई पसललाई भने अनुगमन टोलीले सिल्ड गरेको छ । कानुनी प्रक्रिया पुरा नगरि सञ्चालन गरिएको सो मिठाई पसलमा अत्याधिक मिसावट, सरसफाईको कमी तथा व्यक्तिगत सरसफाई पनि सन्तोषजनक नदेखिएपछि अर्को सूचना जारी नभएसम्मका लागि पसल सिल्ड गरिएको विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वरराज सुवेदीले जानकारी दिए ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले अनुगमनका क्रममा गुणस्तरहीन खाद्य सामाग्री फेला पर्नुको साथै सरसफाईमा कमि र कानुनी प्रक्रिया पनि पुरा नगरेको पाईएकाले नियमक निकायले अनुगमन तिब्र पार्नुपर्ने बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ता अधिकार अनुसन्धान मञ्चका प्रतिनिधि, पत्रकार सहित राजधानीको बालाजु, सितापाईला लगायत क्षेत्रको अनुगमन गरेको हो । अनुगमनका क्रममा स्थलगतरुपमा नै खाद्य परीक्षणका लागि मोबाईल प्रयोगशाला भ्यान प्रयोग गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);