चाडपर्व नजिकिएसँगै बागलुङ बजारमा अनुगमन तिव्र, म्याद नाघेका समान तत्काल नष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चाडपर्व नजिकिएसँगै बागलुङ बजारमा अनुगमन तिव्र, म्याद नाघेका समान तत्काल नष्ट

बागलुङ, ५ कार्तिक । बागलुङ बजारका अधिकांस पसलमा म्याद गुज्रेका अखाद्य छ्यापछ्याप्ती बिक्रीका लागि राखिएको पाइएको छ । दशैं लगायतका चाड पर्व नजिकिएसँगै बागलुङमा बजार अनुगमन गर्दा अधिकांस पसलमा म्याद गुज्रेका समान विक्रिका लागी राखेको पाईएको छ ।

घरेलु तथा साना उद्योग कार्यलय बागलुङको नेतृत्वमा जिल्ला प्रशासन कार्यलयका , खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय ,जिल्ला प्रहरी कार्यालय, बागलुङ नगरपालिका ,उपभोक्ता मञ्च र पत्रकार सहितको टोलिले १५ वटा साना ठुला किराना पसल अनुगमन गर्दा १० वटामा म्याद गुज्रेका सामान फेला पारेको छ । उपभोक्ता पनि सचेत हुन आवश्यक देखिएको अनुगमन समितिका संयोजक एवं घरेलु तथा साना उद्योग कार्यलय बागलुङका प्रमुख गुमादेवी शर्माले वताउनु भयो ।

वजार अनुगमनको क्रममा मूल्य सूचि नराखेको, घरेलु तथा नगरपालिकामा पसल दर्ता नगरी सञ्चालन गरेको, नियमित कर नतिरेको अखाद्य वस्तुसँगै राखेर खाद्यान्न बिक्रि गरेको, सामान बिक्रि गर्दा बिल दिने नगरेको समेत फेला परेको छ । विगतमा जस्तो कालो वजारी र अखाद्या वस्तु विक्रि वितरण हुने क्रम विगतको तुलनामा घटेको देखिएको छ ।

उपभोक्ता ठग्ने व्यापारीलाई पहुँचका भरमा कारबाही नगरी उन्मुक्ति दिने, ठूला व्यवसायलाई छाडेर स–साना व्यवसायमा मात्र अनुगमन केन्द्रित हुने गरेको आरोप विगतमा लाग्ने गरेको कारण अनुगमनलाई संख्यात्मक भन्दा गुणात्मक र प्रतिफलमुखी वनाईने अन्गमन टोलिले जनाएको छ । चाडपर्वको समयमा व्यापारीहरुले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखि भन्दै दशै वेलामा अनुगमनलाई सक्रिय रुपमा अगाडि बढाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);