३६ वटा पसलमा अनुगमन गर्दा ८ वटा पसलमा अखाद्य सामाग्री फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

३६ वटा पसलमा अनुगमन गर्दा ८ वटा पसलमा अखाद्य सामाग्री फेला

शालिकराम चालिसे
नुवाकोट, १ जेठ । नुवाकोटको संयुक्त बजार अनुगमन समितिले विदुर नगरपालिका वडा नम्बर १ को त्रिशुली र ढुङ्गेमा रहेका खाद्य तथा पसलहरुको अनुगमन गरेको छ । नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ३६ पसलमा गरेको अनुगमनमा आठ वटा पसलहरुमा अखाद्य तथा म्याद सकिएका सामाग्रीको बिक्री भईरहेको पाईएको छ ।

विशेषगरी म्याद सकिएका अर्ना वियर, कुरकुरे, दालमोठ, बिस्कुट, सुर्ति, आलु चिप्स, ग्लुकोज लगायतका खाद्य तथा पेय पदार्थ भेटिएको थियो । अनुगमन कार्यलाई अब निरन्तरता दिइने जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । म्याद सकिएका खाद्य समाग्री तथा पेय पदार्थहरुलाई जफत गरी जिल्ला प्रशासन कार्यालयमा नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जानकारी दिनु भयो ।

अनुगमनको क्रममा त्रिशुलीका केही मासु पसलमा फोहोर भेटिएको तथा केही किराना पसल विना दर्ता सञ्चालनमा आइरहेका समेत पाईएको छ । त्यस्ता पसलहरुलाई पहिलो चरणमा सम्झाएर छाडिएको उहाँले जानकारी दिनु भयो । अनुगमन समितिले अब आयल निगमहरुमा पनि अनुगमन गर्ने घरेलु तथा साना उद्योग विकास समिति नुवाकोटका निर्देशक विजय भट्टराईले जानकारी दिनुभयो ।

त्यस्तै खाद्य तथा गुण नियन्त्रण विभाग नुवाकोटका निमित्त प्रमुख नवराज श्रेष्ठले जिल्लामा विशेषगरी राजमार्ग नजिकका होटलहरुमा अनुगमनलाई निरत्तरता दिइने बताउनु भयो ।

बजार अनुगमनपछि समितिको बैठकले आगामी दिनमा अनुगमन कार्यक्रमलाई तिव्र पार्ने निर्णय गरेको छ । बैठकमा उपभोत्ताको हित र स्वास्थ्यप्रति संवेदनशिल हुँदै आगामी दिनमा अनुगमन तिव्र पार्ने समेत निर्णय गरेको छ । अनुगमन शहर केन्द्रित मात्र नभई गाउँगाउँमा पनि गर्ने तयारी गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);