पाल्पामा चाडपर्व लक्षित बजार अनुगमन तीव्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

पाल्पामा चाडपर्व लक्षित बजार अनुगमन तीव्र

पाल्पा । दशैंको मुखैमा पाल्पामा बजार अनुगमन तीव्र पारिएको छ । जिल्लाको मुख्य बजार क्षेत्रमा अनुगमनलाई विस्तार गरिएको हो ।

स्थानीय तह र घरेलु तथा साना उद्योग कार्यालयले संयुक्त रुपमा बजार अनुगमनलाई तीव्र पारेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शशीधर घिमिरेले बताए । जिल्लाको तानसेन बजार क्षेत्र, अर्गाली, बर्तुङ, आर्यभञ्याङ, प्रभास, कसेनी, रामपुर लगायतको ठाउँमा बजार अनुगमन गरि प्राप्त अखाद्य र म्याद गुज्रेका सामग्री जफत गरि नष्ट गरिएको सूचना अधिकारी घिमिरेले जानकारी दिए । 

चाडपर्वको मुखमा अखाद्य उपभोग्य सामग्रीका कारण निम्तिन सक्ने जोखिमलाई न्यूनिकरण गर्न अनुगमन तीव्र पारिएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख डिआर भण्डारीले बताए । उनकाअनुसार जिल्लाका विभिन्न ठाउँमा स्थानीय सरकारको समन्वयमा ५ सय बढी खाद्यान्न पसलमा बजार अनुगमन गरिएको छ । बजार अनुगमनका क्रममा धेरै पसलमा मूल्य सूची नै नराखिएको, खाद्य वस्तु र अन्य उपभोग्य वस्तु एकै ठाउँमा राखिएको, लेवल नभएका सामाग्री विक्री वितरण धेरै पाइएको छ ।

चाडपर्वको समयमा व्यापारीले धेरै सामान भण्डारण गर्दा म्याद गुज्रने, तौल कम तर मूल्य बढी तिर्नुपर्ने समस्या रहेको छ । बजार अनुगमन एक महिनाअघिदेखि भए पनि अनुगमन प्रभावकारी नभएको गुनासो उपभोक्ताले गर्दै आएका छन् । अनुगमनको क्रममा व्यापारीले खुलेयाम ठगी गरेको भेटिँदासमेत अनुगमन टोलीले कारवाही नगर्ने, सम्झाउने मात्रै काम गरेको स्थानीय हरिकृष्ण रावलले बताए । अनुगमन टोेलीले ठूलो परिमाणमा अखाद्य म्याद गुज्रेको सामग्री भेटाउँदासमेत आंशिक सामग्री मात्रै जफत गर्दै आएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);