चाडपर्व नजिकिएसँगै जुम्लामा अनुगमन तीव्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चाडपर्व नजिकिएसँगै जुम्लामा अनुगमन तीव्र

जुम्ला । जिल्ला प्रशासन कार्यालय जुम्लाले विभिन्न ठाउँमा बजार अनुगमनलाई तीव्रता दिएको छ।  नजिकिँदै गरेका दशैँ-तिहारलगायतका चाडपर्वलाई लक्षित गरी बजारमा म्याद गुज्रिएका सामानहरू बिक्री वितरण हुने अवस्थालाई ध्यान दिँदै जुम्लाका साहयक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाई‌को अगुवाइमा अनुगमनलाई तीव्रता दिइएको हो ।

शनिबार र आइतबार जुम्लाको सिँजा क्षेत्रमा रहेका खुद्रा पसल र होटल अनुगमन गरिएको छ । अनुगमनका क्रममा कनकासुन्दरी गाउँपालिकाको गुठीजिउलोमा रहेको पसलबाट म्याद गुज्रिएका समान जफत गर्नुका साथै  व्यापारीलाई सचेतसमेत गराइएको छ ।

सिँजा गाउँपालिकाको नराकोट बजार, हिमा गाउँपालिकाको कालिखा खेतुमा रहेका खुद्रा पसलबाट पनि म्याद गुज्रिएका सामानहरू फेला परेको बताइएको छ ।

चाडपर्वका बेला ठूलो मात्रामा म्याद गुज्रिएका सामानहरू बिक्री वितरणका लागि आएका हुनाले अनुगमनलाई तीव्रता दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका प्रमुख अमितभूषण सुमनले बताए । उनले भने, ‘अनुगमनका क्रममा धेरै पसलहरू म्याद गुज्रिएका सामग्रीहरू जफत गरिएको छ । चाडवाडका बेला बजारमा कृत्रिम अभाव सिर्जना गर्ने,कालोबजारी गर्ने, अस्वस्थ खाद्य वस्तुको बिक्री वितरण गर्ने गुनासाहरू आउन नदिन दशैँ सुरु हुनुभन्दा अघि नै जुम्ला प्रशासनको समन्वय र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाको आयोजनामा अनुगमन तीव्र पारिएको हो ।’

उनका अनुसार खुद्रा पसल, खाद्य पसल, मासु पसलहरूमा समेत अनुगमन गरिएको छ । अनुगमनका क्रममा वेसन, बिस्कुट, सुर्ती, क्यान जुस, मिठाई  मासु, कोकाकोलालागयतका अस्वस्थ खाद्य वस्तु नष्ट गरिएको छ ।

एक लाख १९ हजार रुपैयाँ बराबरका सामान नष्ट

शनिबार र आइतबार गरिएको सिँजा क्षेत्रको बजार अनुगमनबाट जफत गरिएका ३७ हजार ४८० रुपैयाँ बराबरका म्याद गुज्रिएका अखाद्य वस्तुसमेत गरी एक लाख १९ हजार रुपैयाँ बराबरका समान जफत गरिएको र ती सामान नष्ट गरिएको सुमनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);