म्याद गुज्रिएका खाद्य सामान र कम तौल भएका भारतीय ढक फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

म्याद गुज्रिएका खाद्य सामान र कम तौल भएका भारतीय ढक फेला

जनकपुरधाम, २९ कात्तिक । अनुगमनका क्रममा जनकपुरका विभिन्न पसलहरुमा म्याद गुज्रिएका खाद्य सामान र तौल कम भएका भारतीय ढकहरु फेला परेका छन् ।

उपभोक्ताहरुको गुनासोका आधारमा बिहीबार जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकिय अधिकृत दिनेश शाहको नेतृत्वमा गएको अनुगमन टोलीले जनकपुरधाममा म्याद गुज्रिएका सामानहरुका साथै तौल कम भएका भारतीय ढकहरु भेटिएका हुन् ।

टोलीले म्याद गुज्रिएका कोल्ड ड्रिंक, बिस्कुट, सुजी लगायतका कम तौल भएका भारतीय ढकलाई जफत गरेको छ । प्रशासन कार्यालयले आगामी दिनमा पनि यस्तो अनुगमनलाई तिब्रता दिने जनाएको छ । अनुगमनमा क्रममा पत्रकार लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);